काठमाडौं- काठमाडौं बहराइनको मनामा द आर्ट होटेलमा सञ्चालन भएको खेलमा नेपाली पारा तेक्वान्दो खेलाडीले ऐतिहासिक एक स्वर्ण, एक रजत र एक कांस्य पदक जितेका छन्।
१३औं एसियाली खेलकुद १९९८ मा नेपाली तेक्वान्दो खेलाडी सविता राजभण्डारीले रजत पदक जितेपछि नेपाली तेक्वान्दो खेलमा एसियाली खेलकुदबाट कुनै ठूलो पदक मुलुकको लागि दिलाउन सकेका थिएनन्।
एसियाली यूथ पारा खेलकुद २०२१ बाट पारा ओलम्पियन पलेशा गवर्धनले स्वर्ण पदक र सृजन घिसिंग रजत पदक हात पारेकाछन्। विशाल गर्वुजाले कांस्य पदक जितेका छन्।
उक्त खेलमा बहराइनमा कार्यरत कार्यवाहक राजदूत अरुणा घिसिंगले खेल अवलोकन गरी विजेता खेलाडीलाई बधाई दिएकी थिइन्।
५७ केजी फाइनलतर्फ के ४४ श्रेणीमा पलेसाले इरानकी इब्राहिमी रोजालाई हराउँदै स्वर्ण जितेकी हुन्।
त्यस्तै, ५२ केजि महिलातर्फको के ४४ श्रेणीमै सृजना घिसिङले इरानकी घनबारीकोमिसानी सहरसँगै फाइनलमा पराजित हुँदै रजत जितिन्।
यता पुरुषतर्फको के ४४ श्रेणीमा ५८ केजी तौल समूहमा विशाल गरबाजले सेमिफाइनलमा उज्वेकिस्तानका सोनाजारोवसँग हार बेहोरेर कांस्य पदकमा चित्त बुझाएका हुन्।