बुधबार, भदौ १७, २०८३

युनाइटेड मैले सोचेभन्दा धेरै राम्रो रहेछ : रागनिकङ

म्याचेस्टर युनाइटेडको नयाँ प्रशिक्षक राल्फ रागनिकले उनले आफ्नो टिमको प्रदर्शन सोचेभन्दा राम्रो भएको बताएका छन्।
 |  सोमबार, मंसिर २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २०, २०७८

काठमाडौं– म्याचेस्टर युनाइटेडको नयाँ प्रशिक्षक राल्फ रागनिकले उनले आफ्नो टिमको प्रदर्शन सोचेभन्दा राम्रो भएको बताएका छन्। आइतबार राति क्रिस्टल प्यालेसविरुद्धको खेलमा पहिलोपटक युनाइटेडको टिम सम्हालेका रागनिकले खेलपछि कुरा गर्दै टिम सोचेभन्दा राम्रो रहेको बताएका हुन्।

उनको टिमले आइतबार राति घरेलु मैदानमा प्यालेसविरुद्ध साँघुरो जित निकाल्यो। लामो समय बराबरी चलेको खेलको निर्धारित समय सकिनुभन्दा तीन मिनेट अभि ग्रिनवुडको पासमा फ्रेडले गोल गरेका थिए।

यो सिजनमा फ्रेडको यो दोस्रो गोल थियो। त्यस्तै सेम्टेम्बरको दोस्रो हप्तापछि युनाइटेडले निकालेको यो नै लगातार जित हो। 

फ्रेडले खेलका निर्णायक गोल गरेसँगै युनाइटेडले तीन अंक सुरक्षित गरेको थियो। यो तीन अंकसँगै २४ अंक बनाएको युनाइटेड ईपीएल तालिकामा छैटौं स्थानमा छ।

‘हाम्रो टिमले जसरी खेल्यो त्यसलाई लिएर म धेरै खुसी छु। त्यसमा पनि पहिलो आधा घण्टा धेरै प्रसिङ गरेर खेल्यो,’ उनले खेलपछि भने, ‘हामीले पुरा खेल नियन्त्रणमा लियौँ। र, क्लिन सिट राख्यौँ।’

प्रकाशित: Dec 06, 2021| 07:35 सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।