मंगलबार, कात्तिक ११, २०८२

बाजुरामा अटो दुर्घटना हुँदा २ को मृत्यु, २ जना घाइते

दुई जनाको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ रहेको छ। घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। अटो चालक भने फरार रहेको प्रहरीले जनाएको छ।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८
Kumaribank
Metro Mart

बाजुरा-  बाजुराको बडिमालिका नगरपालिका–८ मा पर्ने थुवाकाँधमा अटो दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। चार घाइतेमध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। 

दुई जनाको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ रहेको छ। घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। अटो चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

सदरमुकाम मार्तडीदेखि जडाङगा जाँदै गरेको अटो आज ५ः३० मा दुर्घटनामा परेको हो। अटो सडकबाट करिब दुई सय मिटर तल बूढीगङ्गा नदीको किनारामा परेको जानकारी दिइएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ। 

प्रकाशित: Dec 05, 2021| 21:50 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।