आइतबार, फागुन २४, २०८२

आर्मीको पोस्टमा गोल गर्ने बीबीसीको योजना अधुरै

जितपछि आर्मी प्रशिक्षक नविन न्यौपानेले उपाधि यात्रामा रहेको बताए। ‘तीन अंक महत्वपूर्ण थियो। त्यो हामीले पायौँ अब चाहिँ उपाधिका लागि अघि बढको जस्तो लागेको छ,’ उनले भने।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

काठमाडौं-  त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगको दुई खेलमा बराबरी गरेपछि उसलाई तेस्रो खेलमा जित निकाल्नका लागि दबाब थियो। ‘हामी तीन अंककै लागि खेल्नेछौं,’ ब्रिगेड बोइज क्बल (बीबीसी)सँगको खेलअघि आर्मीका सहायक प्रशिक्षक राजु तामाङले भनेका पनि थिए।

National life

यी दुई क्लबबीचको पछिल्लो प्रतिस्पर्धामा पनि आर्मी नै हाबी भएको थियो। बीबीसीले पछिल्ला पाँच खेलमा आर्मीको पोस्टमा गोल गर्न सकेको थिएन भने यी दुईबीच आठ खेल हुँदा बीबीसीले जित निकाल्न सकेको थिएन।

नवौं खेलमा आर्मीविरुद्ध जित निकाल्ने बीबीसीको योजनालाई परास्त गर्दै आर्मीले १-० गोलको जित निकाल्यो। सहिद स्मारक ए डिभिजन लिगको तेस्रो खेलसम्म आर्मीको अपराजित यात्रा कायम छ।

जितपछि आर्मी प्रशिक्षक नविन न्यौपानेले उपाधि यात्रामा रहेको बताए। ‘तीन अंक महत्वपूर्ण थियो। त्यो हामीले पायौँ अब चाहिँ उपाधिका लागि अघि बढको जस्तो लागेको छ,’ उनले भने। 

टिमका धेरै खेलाडी घाइते भएपछि उपचारमा रहेका खेलाडीलाई छोडेर पछिल्लो खेलमा भन्दा तीन खेलाडी परिवर्तन गर्दै प्रशिक्षक नविन न्यौपानेले बीबीसीविरुद्धको खेलमा टिम मैदान उतारेका थिए। पछिल्लो खेलमा पहिलो रोजाइमा रहेका विवेक बस्नेत र सुदिल राईको ठाउँमा आइतबार दिनेश हेन्जन र जगजित श्रेष्ठले सुरुमै अवसर पाए।

Laxmi sunrise bank
kumari

त्यस्तै, पछिल्लो खेलमा देखिएका सुमन अर्याल आज स्वाडमा थिएनन्। विवेक बस्नेतबाहेक पछिल्लो मछिन्द्रसँगको खेलमा पहिलो रोजाइमा परेका सुदिल र सुमनलाई चोट लागेको छ। त्यसैले आजको खेलको गोल गर्ने प्रमुख जिम्मेवारी जर्जप्रिन्स कार्की र कप्तान भरत खवासलाई थियो।

तर फरवार्डले नै गोलका लागि भूमिका खेल्नुपर्छ वा गोल गर्नुपर्छ भन्ने मान्यता आर्मीले राख्दैन। त्यसैले खेलको निर्धारित समयभन्दा ९ मिनेटअघि जर्जप्रिन्सको ठाउँ मिडफिल्डर आशिष शाक्यले लिए। यता खेलको अन्तिम मिनेटमा कप्तान खवासले गोल गरेर आर्मीलाई अग्रता दिलाए।

पहिलो हाफमा दुवै टिमको प्रदर्शन बिर्सनलायक रह्यो। आर्मी र बीबीसी दुवैले विपक्षीलाई दबाबमा राख्न सकेनन्। खेलको ३८औं मिनेटमा बीबीसीका खेलाडीको प्रहार गोकिपर विकेश कुथुले बचाए। यता ४१औं मिनेटमा जर्जप्रिन्सले पोस्टअघि क्रस गरे पनि फरवार्ड खवासले बल भेट्न सकेनन्।

यसरी पहिलो हाफमा दुवै टिमले केही अवसर गुमाए।

दोस्रो हाफमा पनि आर्मीले अट्याकिङ थर्डमा सोचेजस्तो मुभ बनाउनै सकेन। आर्मीलाई जितको निरन्तरता चाहिएको थियो भने बीबीसीलाई पछिल्ला हारहरुको बदला लिनु थियो। त्यसैले खेलको अन्तिम १५ मिनेट भने दशरथ रंगशालामा दुवैले आक्रामक खेले।

प्रशिक्षक न्यौपानेले भने, ‘सुरुबाटै अवसर धेरै बनाएको हो। अवसर खेर गए। त्यसो त फरवार्डबाट गोल पनि भइरहेको थिएन, बल्ल आज भरतले गोल गरेको छ।’ 

आर्मीले बीबीसीको पोस्टमा लगातार आक्रमण बनाइरहेको समयमा एउटा प्रयासमा आर्मी सफल रह्यो  र गोल गर्‍यो। भरतले गोलकिपर अघि बढिसकेको अवस्थामा सेकेन्ड बारतिर प्रहार गर्दै बलाई पोस्टमा छिराएका थिए।

योसँगै आर्मीले लिगमा पहिलो जित निकाल्यो। जारी लिगका उपाधि दावेदारको यो पहिलो जितको खुड्किलो हो। यो जितसँगै आर्मीले ५ अंक बनाएको छ। र, ऊ अहिले समान ५ अंक रहको संकटाभन्दा एक स्थान तल छ।

‘आजको तीन अंकले टप फोरमा आएका छौं। हामीले शीर्षस्थानको सातदोबाटो, मनानलाई हामीले दबाब बनाइरहेका छौं,’ प्रशिक्षक न्यौपानेले भने।

यता बीबीसीको भने चार अंक छ। बीबीसीले लिगमा यो पहिलो हार बेहोरेको हो। बीबीसीका प्रशिक्षक सनोज श्रेष्ठले डिफेन्सको एक गल्तीले आजको खेलमा हार व्यहोरेको बताएका छन्।

‘ओभरअल ठिकै रहे पनि एउटा गल्ती भयो। डिफेन्डरले लाइन्स मेनलाई हेरेपछि भरले गोल गरेको हो। बाँकी समय त ठिकै खेलेको हो,’ उनले भने, ‘आर्मीजस्तो बलियो टिमसँग एक अंक लिने योजना थियो। आर्मी वान अफ द बेस्ट टिम हो। उसले टफ फाइट दियो। तर डिफेन्सिङ सानो गल्ती हुँदा हार भयो।’

आजको खेलमा आर्मीलाई बीबीसीविरुद्ध गोल निकाल्नका लागि धेरै साह्रो परेको थियो। त्यसैले अहिलेको आर्मी टिम कमजोर हो? जवाफमा प्रशिक्षक न्यौपनेले भने, ‘अहिलेको लिगमा हरेक टिम राम्रो छ। कुनै पनि टिम कमजोर छैन। हामीले पछिलो खेलहरुमा अवसर बनाउ नसकेको थिएनौं। अवसर सिर्जना गर्न सक्नु हाम्रो लागि ठूलो कुरा थियो जुन आज भयो। पछिल्लो दुई खेलमापछि धेरै अवसरहरु धेरै बनाउन सकिएको छ। आज  चाहिँ हाम्रो मिडफिल्डरमा अपोनेन्टले खेल्न दिएन। तर पछि मिडफिल्डर सन्तोषको पासमा भरतले गोल गरेको हो। त्यसैले कमजोर भन्न मिल्दैन।’


प्रकाशित: Dec 05, 2021| 20:54 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।