आइतबार, असार २१, २०८३

यू-१९ राष्ट्रिय क्रिकेटको उपाधि लुम्बिनीलाई

यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले हात पारेको छ। आइतबार सम्पन्न फाइनल खेलमा सुदुरपश्चिम प्रदेशलाई हराउँदै लुम्बिनीले उपाधि जितेको छ।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

काठमाडौं– यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले हात पारेको छ। आइतबार सम्पन्न फाइनल खेलमा सुदुरपश्चिम प्रदेशलाई हराउँदै लुम्बिनीले उपाधि जितेको छ।

खेलमा २१३ खरनको लक्ष्य दिएको लुम्बिनीले दोस्रो पारीमा सानदार बलिङ गर्दै सुदुरपश्चिमलाई २८ ओभर तीन बलमा अलआउट गरेको थियो। त्यसक्रममा सुदुरपश्चिमले सम्पूर्ण विकेट गुमाएर ९९ रन बनायो।

पहिले टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले पूरा ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर २१२ रन बनाएको हो। लुम्बिनीका ओपनर आकाश त्रिपति र विराट भण्डारी शून्य रनमा बाहिरिएका थिए। तर, देव खनालले ९५ बलमा ७० रन बनाए भने प्रज्वल थापाले २४ रन बनाए। त्यस्तै, विक्रम केसीले ५१ रन बनाए भने दुगेश गुप्ताले ३२ रन जोडे। 

बलिङतर्फ आकाश चन्दले तीन विकेट लिँदा हेमन्त धामी र शेर मल्लले समान २–२ किवकेट लिए। सुदुरपश्चिमका नरेन राउद र राहुन भण्डारीले समान १–१ विकेट लिए।

दोस्रो पारीमा सुदुरपश्चिमका खड्क बोहराले २१ रब नाए भने लोकेश बलले २५ रन बनाउका थिए। त्यस्तै, नारायण जोशीले ११ र शेर मल्लले १५ रन बनाए।

बलिङमा लुम्बिनीका अजय चौहानले ५ विकेट लिए भने दुर्गेश गुप्ताले तीन विकेट लिए। मोहम्मद हुसेनले दुई विकेट गिराए।

प्रकाशित: Dec 05, 2021| 19:26 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।