शुक्रबार, चैत ६, २०८२

चीनमा अध्ययनरत विद्यार्थीद्वारा नेपालमा इन्टर्नसिपको व्यवस्था गर्न माग

चीनमा मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीहरुले कोरोना महामारीको कारण नेपाल फर्किनुपरेको तर इन्टर्नसिप गर्न नपाएको भन्दै देशभित्रै इन्टर्नसिप गर्ने व्यवस्था मिलाउन माग गरेका छन्।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

काठमाडौं- चीनमा मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीहरुले कोरोना महामारीको कारण नेपाल फर्किनुपरेको तर इन्टर्नसिप गर्न नपाएको भन्दै देशभित्रै इन्टर्नसिप गर्ने व्यवस्था मिलाउन माग गरेका छन्। आइतबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरू यस्तो माग सरकारसँग माग गरेका हुन्।

National life

विद्यार्थीहरुले आफ्नो जायज माग पूरा नगरेमा आन्दोलनमा उत्रने चेतावनी दिँदै डेढ वर्षको इन्टर्नसिप नेपालकै सरकारी अस्पतालमा गर्न पाउनुपर्ने माग गरेका हुन्। समस्या समाधान नभएसम्म आन्दोलन गर्ने समेत उनीहरूको चेतावनी छ। 

चिकित्सा शिक्षा आयोग सानोठिमी, भक्तपुरले २०७८ साल साउन २३ गते इन्टर्नसिप पूरा गर्न नपाएका विद्यार्थीहरुलाई अनलाइन आवेदन गर्न सूचित गरेको थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, त्रिवि र काठमाडौं विश्वविद्यालयका उपकुलपतिहरु, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष लगायतका उपस्थितिमा मंसिर १७ गते भएको छलफलले सम्बन्धित देशकै विश्वविद्यालयमा इन्टर्नसिप गर्न पाउने व्यवस्था गरेको थियो।

विदेशका विभिन्न शिक्षण संस्थाहरुमा शिक्षाको एमबीबीएस अध्ययनरत नेपाली विद्यार्थीहरुले कोभिड-१९ महामारीको अवधिमा नेपाल फर्किआएका र अध्ययन पूरा गर्न नपाएका विद्यार्थीहरुलाई सम्बन्धित विश्वविद्यालयमा नै उपस्थित् भई अध्ययन निरन्तरता दिनको लागि सम्बन्धित सरकारसमक्ष उच्चस्तरमा कुटनीतिक पहल गर्ने र उल्लेखित नियामक निकायसमेतको समन्वय र सहकार्यमा आवश्यकता अनुसार समस्याको सकारात्मक निकास दिन पहल गर्ने निर्णय गरेपछि विद्यार्थीहरु असन्तुष्ट भएका हुन्।

पीडित विद्यार्थीहरुले नेपाल मेडिकलले काउन्सिलमा बुझ्न जाँदा अनलाइनमार्फत लिइएको कक्षालाई मान्यता दिने भनेपछि आफूहरुले अनलाइन कक्षा लिएको बताए। अनलाइन कक्षा लिएर पूरै रकमसमेत बुझाएको उनीहरुको भनाइ छ। बाध्यात्मक परिस्थितिमा इन्टर्नसिप लिन बाध्य भएका विद्यार्थीलाई राहत दिनुपर्नेमा थप पीडा दिइएको उनीहरुको भनाइ छ। 

Laxmi sunrise bank
kumari

‘यदि विद्यार्थीको समस्या के हो र उचित समाधान गर्नुपर्छ भन्ने महसुस भएको भए विद्यार्थीहरुलाई पनि समेटेर छलफल गरिन्थ्यो। देशका विद्यार्थीलाई यसरी अप्ठ्यारोमा पार्न खोजिएको छ,’ उनले भने।

विद्यार्थीहरुको माग सम्बोधन नहुनुमा शिक्षा मन्त्रालयनै जिम्मेवार भएको आरोप लगाइएको छ। नयाँ भेरियन्ट आइरहेको बेला अब फेरि चीन बन्द हुन सक्ने भएकाले नेपालमा नै इन्टर्नसिप गर्न पाउनुपर्ने उनीहरूको माग छ।

प्रकाशित: Dec 05, 2021| 19:06 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्