बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिहेमा बाजा बजाउन गएका रामबहादुर सात दिनदेखि बेपत्ता

बिहेमा बाजा बजाउन गएका रामबहादुर सात दिनदेखि बेपत्ता

उनले भने, 'मलाई शौच आएपछि सानेलाई बाटोमै छोडेर शौचालय छिरेका थिएँ। पछि फर्किँदा साने देखिएनन्। साँझ परिसकेको हुनाले घर गयो होला भन्ठानेर म पनि घरतिर लागेँ।'
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

काठमाडौं-  रामेछापको लिखुतामाकोशी गाउँपालिका–४ बाट ७१ वर्षीय साने भनिने रामबहादुर दमाई सात दिनदेखि बेपत्ता छन्। 

साने यही मंसिर १३ गते गाउँकै बिहे समारोहमा बाजा बजाएर फर्किने क्रममा बीच बाटोबाटै बेपत्ता भएका थिए। उनीसँगै गएका ठूलाकान्छा भनिने बीरे दमाईले आफू शौचालय गएर फर्किँदा उनी नभटिएको बताएका छन्। 

उनले भने, 'मलाई  शौच आएपछि सानेलाई बाटोमै छोडेर शौचालय छिरेका थिएँ। पछि फर्किँदा साने देखिएनन्। साँझ परिसकेको हुनाले घर गयो होला भन्ठानेर म पनि घरतिर लागेँ।'

तर बाटोबाटै बेपत्ता भएका साने सात दिनसम्म पनि फर्किएनन्। साने घर नआएपछि उनका परिवार र छिमेकीले खोजी गरे पनि हालसम्म भेटिएका छैनन्। खोजीका लागि स्थानीय प्रशासन र जनप्रतिनिहरुलाई गुहारे पनि बेवास्ता गरेको परिवारको आरोप छ। 

स्थानीय दीपक सुन्दासले साने बेपत्ता भएको ठाउँ वरपर मात्र प्रहरीले सामान्य खोजतलास गरेको बताए। लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कालगायत स्थानीय जनप्रतिनिधिहरुलाई घटनाबारे जानकारी गराइएको भए पनि खोजीका लागि कुनै पहल नभएको परिवारको गुनासो छ।

खोजी कार्यमा स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन, पत्रकार, युवा र स्थानीय अगुवालाई सहयोग गर्न सुन्दासले अनुरोध गरेका छन्।

प्रकाशित: Dec 05, 2021| 17:45 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।