सोमबार, फागुन २५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • नागाल्याण्डको सैन्य अप्रेसनमा सर्वसाधारणको मृत्यु, डिफेन्स विङले भन्‍यो - खेद छ

नागाल्याण्डको सैन्य अप्रेसनमा सर्वसाधारणको मृत्यु, डिफेन्स विङले भन्‍यो - खेद छ

नागाल्याण्डको मोन जिल्लामा शनिबार राति गरिएको सैन्य अप्रेसनका क्रममा सर्वसाधारणको मृत्यु भएको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन्। उक्त अप्रेसनमा कति सर्वसाधारण मारिए भन्‍ने आधिकारिक विवरण भने आइसकेको छैन।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

नयाँ दिल्ली- नागाल्याण्डको मोन जिल्लामा शनिबार राति गरिएको सैन्य अप्रेसनका क्रममा सर्वसाधारणको मृत्यु भएको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन्। उक्त अप्रेसनमा कति सर्वसाधारण मारिए भन्‍ने आधिकारिक विवरण भने आइसकेको छैन।

National life

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार कम्तिमा पनि ११ जनाको मृत्यु भएको छ। नगा पिपुल्स फ्रन्टका नेता तथा राज्यका पूर्व मुख्यमन्त्री टीआर जेलियाङले कम्तिमा पनि १३ जनाको मृत्यु भएको बताएका छन्।

उक्त अप्रेसनमा भएको मानवीय क्षतिप्रति डिफेन्स विङले खेद प्रकट गरेको छ। डिफेन्स विङ कोहिमाले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, 'उग्रवादीको सम्भावित गतिविधि भइरहेको विश्‍वस्त खुफिया सूचना प्राप्त भएको थियो। सोही सूचना आधारमा मोन जिल्लाको तिरु इलामा एक सैन्य अप्रेसनको योजना बनाइएको हो। तर, जुन घटना भयो, त्यसप्रति गहिरो खेद छ। सर्वसाधारणको दुर्भाग्यपूर्ण मृत्यु भएको छ। उक्त घटनाको उच्चस्थरीय छानबिन भइरहेको छ। कानुनका अनुसार यस मामिलाको उचित कारबाही गरिने छ।' 

नागल्याण्डका गृह आयुक्त अभिजित सिन्हाले शनिबार रात नै मोन जिल्लामा मोबाइल, इन्टरनेट, डाटा सर्भिस तथा बल्क एसएमएसमा प्रतिबन्ध लगाएको थियो। 

प्रकाशित: Dec 05, 2021| 15:27 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।