काठमाडौं– यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार जारी खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिमलाई २१३ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले पुरा ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर २१२ रन बनाएको हो।
लुम्बिनीका ओपनर आकाश त्रिपति र विराट भण्डारी शून्य रनमा बाहिरिएका थिए। तर, देव खनालले ९५ बलमा ७० रन बनाए भने प्रज्वल थापाले २४ रन बनाए।
त्यस्तै, विक्रम केसीले ५१ रन बनाए भने दुर्गेश गुप्ताले ३२ रन जोडे। बलिङतर्फ आकाश चन्दले तीन विकेट लिँदा हेमन्त धामी र शेर मल्लले समान २–२ विकेट लिए। सुदूरपश्चिमका नरेन राउद र राहुन भण्डारीले समान १–१ विकेट लिए।