मंगलबार, वैशाख ९, २०८२

कांग्रेस सुदूरपश्चिम सभापतिमा वीरबहादुर बलायर विजयी

नेपाली कांग्रेस सुदूरपश्चिमको प्रदेश सभापतिमा पूर्वमन्त्री वीरबहादुर बलायर विजयी भएका छन्।
 |  आइतबार, मंसिर १९, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

vianetvianet

धनगढी- नेपाली कांग्रेस सुदूरपश्चिमको प्रदेश सभापतिमा पूर्वमन्त्री वीरबहादुर बलायर विजयी भएका छन्। कूल खसेका एक हजार तीन मतमध्ये उनले ६८८ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले २८० मत पाएका छन्। 

triton college

बलायर संस्थापन र मिश्र इतर पक्षका हुन्। उपसभापतिमा संस्थापन पक्षका जनकराज चौधरी र लोकराज अवस्थी विजयी भएका छन्। चौधरीले ६१० र अवस्थीले ५२३ मत प्राप्त गरेका छन्। 

महामन्त्रीमा पनि संस्थापन पक्षका नेता विजयी भएका छन्। महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का विजयी भएका हुन्। शाहले ६४८ र खड्काले ६३५ मत पाएका छन्। 

सहमहामन्त्रीमा पनि संस्थापन पक्षका गोपालदत्त भट्ट, चिन्तामणि भट्ट र अम्बिकाकुमारी चलाउनेले जितेका छन्। गोपालदत्त, चिन्तामणि र अम्बिकाकुमारीले क्रमशः ५२९, ५३३ र ६८६ मत पाएका छन्।

४९ जना सदस्य चयनका लागि भएको मतदानको परिणाम सार्वजनिक गरिएको छैन। तीन जना सदस्य भने निर्विरोध चयन भएका थिए।

National life insurance

यस्तो छ मत परिणाम

सभापति

वीरबहादुर बलायर –६८८(विजयी)

नारायणदत्त मिश्र –२८०

उपसभापति 

गोपालसिंह गुरुङ –२८१

जनकराज चौधरी –६१०(विजयी)

मनबहादुर रावल –२६३

लोकराज अवस्थी –५२३(विजयी)

हिमबहादुर रावल–१२१

महामन्त्री 

नरनारायण शाह मनु –६४८(विजयी)

प्रताप गुर्धामी–१३३

मेघराज खड्का –६३५(विजयी)

रामबहादुर शाही –३०३

सहमहामन्त्री 

गोपालदत्त भट्ट–५२९(विजयी)

चिन्तामणि भट्ट –५३३(विजयी)

नरेन्द्रप्रसाद भट्ट–२१२

पदमराज पन्त –२५४

लक्ष्मणबहादुर शाही – १६४

हर्कबहादुर स्वाँर–६८

महिला सहमहामन्त्री 

अम्बिका कुमारी चलाउने–६८६(विजयी)

खिना भण्डारी –२२३

 को हुन बलायर ?

प्रदेश अधिवेशन उद्घाटन हुँदासम्म पूर्वभौतिक पूर्वाधारमन्त्री बलायरकाे कतै नाम सुनिएकाे थिएन। अधिवेशन उद्घाटनपछि मात्रै उनी सभापतिका लागि चर्चामा आएका थिए। अन्तिममा संस्थापन पक्षले बलायरकै नेतृत्वमा प्रदेश समिति घोषणा गर्‍याे। 

५७ वर्षीय बलायर विद्यार्थीकालमा युवामाझ चर्चित थिए। बीपी कोइरालाबाट प्रभावित उनी २०४९ सालमा त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा लडेका थिए। तर पराजित भए। त्यतिबेला उनी त्रिभुवन विश्वविद्यालयमा नेविसंघको अध्यक्ष थिए।

बलायर २०४६ सालमा गणेशमान सिंहको चाक्सीबारीस्थित निवासमा जनआन्दोलनको घोषणा हुँदै गर्दा सभाको सुरक्षा संयोजक बनेका थिए।

बलायरले २०६४ सालमा संविधानसभाको उम्मेदवार बन्ने मौका पाए पनि पराजित भए। 

२०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसले उनलाई पुनः टिकट दियाे। संविधानसभा सदस्यमा विजयी भएका उनी पार्टी सभापति शेरबहादुर नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका थिए। कांग्रेसको १२औं महाधिवेशनमा नेपाली कांग्रेस डोटी सभापति भएका बलायर १३औं महाधिवेशनमा भने केन्द्रीय सदस्यमा निर्वाचित भए।

सन्तनेता कृष्णप्रसाद भट्टराईसँग नजिक रहेर काम गरेका बलायर नेपाली कांग्रेस विभाजनपछि देउवाको पक्षमा उभिएका थिए। त्यसपछि उनी देउवा प्यानलमै रहेर राजनीति गरिरहेका छन्।

प्रकाशित: Dec 05, 2021| 13:13 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।