काठमाडौं-रुसमा जारी विश्वकपमा अहिलेसम्म सेमिफाइनल समीकरण पुरा भएको छ । सेमिफाइनल समीकरण पुरा हुँदा विश्वकप २०१८ मा ६४ खेल मध्येबाट ६० खेल सकिएका छन् । ३२ राष्ट्रको सहभागिता रहेको यो प्रतियोगितामा युरोपका चार राष्ट्रमात्र सेमिफाइनल पुगे ।
हेर्नुहोस् रुस विश्वकपका केही रोचक तथ्यांक
सबैभन्दा धेरै गोल गर्ने ह्यारी
जारी विश्वकपमा इङल्याण्डका ह्यारी केन धेरै गोल गर्ने गोलकर्ताको शीर्ष स्थानमा छन् । उनले अहिलेसम्म ६ गोल गरे । पानामाविरुद्ध तीन, ट्युनिसियाविरुद्ध दुई र नकआउट चरणमा कोलम्बियाविरुद्ध एक गोल गरेका छन् ।
त्यस्तै बेल्जियमका रोमेलु लुकाकु चार गोल गर्दै दोस्रो स्थानमा छन्। उनले पानामा र ट्युनिसियाविरुद्ध समान दुई–दुई गोल गरेका छन् । तेस्रो स्थानमा पनि चार गोल गरेका रुसका डेनिस चेयर्सिभ छन् ।
१५७ गोल, ११ आत्मघाती
जारी विश्वकपमा एक सय ५७ गोल भइसकेका छन् । जसमा ११ आत्मघाती गोल भए । यो संख्या औसतमा प्रतिखेल २.६ हो । त्यस्तै यस संस्करणमा दुई सय पाँच पहेँलो कार्डको प्रयोग गरिएको छ भने चार रातो कार्ड प्रयोग गरिएको छ । पहेँलो कार्ड संख्या औसतमा प्रतिखेल ३.५ हो भने रातो कार्ड संख्या औसतमा प्रतिखेल ०.०७ हो ।
बढी गोल गर्ने बेल्जियम
जारी विश्वकपमा बेल्जियमले सबैभन्दा बढी १४ गोल गरेको छ । यो नै जारी विश्वकपमा एक टोलीले गरेको सबैभन्दा धेरै गोल हो ।
त्यस्तै बेष्ट अट्याकिङको टोलीमा ब्राजिल रहेको छ। ब्राजिलले दुई सय ९२ पटक अट्याकिङ खेलेको थियो । स्पेनीस फुटबल टोली उत्कृष्ट टोलिको शिर्ष स्थानमा छ। स्पेनले जारी विश्वकपमा तीन हजार एक सय २० उत्कृष्ट पार निकाल्दा रुस उत्कृष्ट डिफेन्डरको शिर्ष स्थानमा रहेको छ । रुसले दुई सय ५९ प्रहारलाई बचाउ गरेको थियो ।
बढी प्रहार गर्ने खेलाडी नेयमार
जारी विश्वकपमा सबैभन्दा बढि प्रहार गर्ने खेलाडीका रुपमा ब्राजिलीयन स्टार नेयमार रहेका छन् । उनले खेल अवधिभर २७ प्रहार गरेका थिए । त्यस्तै रुसका खेलाडी रोमन जोब्नीनले खेलअवधिभर ६२ किलो मिटर दुरी पुरा गर्दै सबै भन्दा बढि दुरी पार गर्ने खेलाडी बनेका छन् ।
स्पेनका सर्जियोस रामोस उत्कृष्ट पाक दिने खेलाडीको शिर्ष स्थानमा छन् । उनले जारी विश्वकपमा चार सय ८५ उत्कृष्ट पास निकालेका थिए । त्यस्तै मेक्सिकोका गुलेर्मो ओचवा शिर्ष गोल बचाउकर्ता बनेका छन् । उनले जरी विश्वकपमा २५ गोलको बचाउ गरेका थिए ।
एउटै खेलमा सात गोल
जारी विश्वकपमा एक खेलमा सबैभन्दा धेरै ७ गोल भए । सात गोल जारी विश्वकपको तीन खेलमा भए । सात गोल नै भएको बेल्जियम र ट्युनिसियाबीचको खेललाई शिर्ष गोल भएको खेल सुचिको शीर्ष स्थानमा राखेको छ । बेल्जियम र ट्युनिसियाबीच भएको ७ गोल प्रतियोगिताकै प्रतिखेल २.६ औसत गोल संख्या हो ।
त्यस्तै धेरै गोल पोस्टमा प्रहार भएको खेलको शीर्ष स्थानमा बेल्जियम र ट्युनिसियाबीचको खेलनै रहेको छ। यस खेलमा सबै भन्दा धेरै ३१ गोल पोस्टमा प्रहार भए। जारी विश्वकपमा दुई खेलमा सबै भन्दा बढि पहेलो कार्डको प्रयोग गरिएको थियो । ति हुन फ्रान्सविरुद्ध अर्जेन्टिना र बेल्जियमविरुद्ध पानामा । तर, बेल्जियम र पानामाबीचको खेल अनुसासनहीनको शीर्ष स्थानमा छ ।
एकै खेलमा सबै भन्दा धेरै बल पास भएको खेल हो स्पेन र रुसबीचको । स्पेन र रुसबीचको खेलमा एक हजार दुई सय ३५ पटक बल पास भएकोछ । यो प्रतियोगिताको प्रति खेल औसत ७६९.५ बल पास हो ।