काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार दिउँसो त्रिभुवन आर्मी क्लबले ब्रिगेड बोइज क्लब (बिबिसी)को सामना गर्दैछ। त्रिपुेश्वरस्थित दशरथ रंगशालामा दिउँसो पौने ५ बाट सुरु हुने खेलमा बिबिसी आर्मीविरुद्ध लामो समयपछि जित निकाल्ने दाउमा हुनेछ।
त्यो किनभने बिबिसीले पछिल्ला पाँच खेलमा आर्मीविरुद्ध गोल गर्न सकेको छैन। पत्रकार हिमेश रत्न बज्राचार्यका अनुसार लिगमा आर्मी र बिबिसीबीच अहिलेसम्म आठ खेल भएका छन्। ती सबै खेलमा आर्मी विजयी भएको छ।
लिगका पछिल्ला पाँच संस्करणमा त बिबिसीले आर्मीविरुद्ध गोल पनि गर्न सकेको छैन। जहाँ २०६८ मा २–०, २०७५ मा १–० र पछिल्ला सिजनमा २–० अन्तरले आर्मीले जित निकालेको थियो।
यद्यपि आजको खेलमा बिबिसी आर्मीविरुद्ध जितको लक्ष्यका साथ मैदानमा उत्रने छ। बिबिसीका अफिसियल राजु श्रेष्ठ भन्छन्, ‘पहिलो खेल त राम्रो नै भयो। दोस्रो चाहिँ बराबरी। तेस्रो खेलमा आर्मीसँग भिड्दैछौं। आर्मीको टिममा शारीरिक रूपमा निकै बलिया खेलाडी छन्। उनीहरू डोमिनेट छन्। त्यसैले उनीहरूको फिजिकालिटी हेरेर हामीले एक हप्ताको विशेष अभ्यास गरेका छौं।’
तर बिबिसीका सिनियर खेलाडी रहेका अनिल गुरुङ खेलिरहेका छैनन्। त्यो किनभने उनी पहिलो खेलमा बाहिर थिए भने दोस्रो खेलमा सब्टिच्युटमा थिए। तर उनले खेल्न पाएका छैनन्।
‘टिममा युवा खेलाडीहरू छन्। उनीहरूले खेलिरहेका छन्, तर पनि हामी आर्मीविरुद्ध जितका लागि खेल्छौं। त्यही अनुसारको अभ्यास भइरहेको छ। पछिल्लो खेलमा पनि गोलकिपर इन्ज्युर्ड भएका। तर उनी ठिक भएका छन्। तर केही खेलाडी अझै अनफिट छन्। अर्को ती खेलाडी अर्को चरणमा ठिक हुन्छन्,’ उनले भने।
यता आर्मीका सहायक राजु तामाङ कुनै हालतमा जित निकाल्ने पक्ष्यमा छन्। उनको टिमले सुरुआति दुवै खेलमा जित निकाल्न सकेको छैन। अब जित निकाल्नु पर्ने दबाब आर्मीलाई छ। उनी प्रशिक्षक तामाङ भन्छन्, ‘हामी विनिङ मेन्टालिटीमा छौं, तीन अंक लिने लक्ष्य छ। पछिल्लो दुई खेलमा बलिया प्रतिद्वन्द्वीसँग खेलेका छौं। त्यसैले जित निकाल्न सकेको छैन।’ अहिले आर्मीको टिममा स्ट्राइकरको अभाव रहेका छ।। त्यसलाई उनी स्विकार्छन्। भन्छन्, ‘हो, टिमलाई ट्राइकिङको अभाव छ। तर पछिल्लो प्रदर्शनको तुलनामा अब आउने खेलमा सुधार गर्ने हो। हामी खेलमा अभागी बनेका छौं। त्यसलाई भाग्यमानीमा परिणत गर्ने कोसिसमा छौं।’
आर्मीको टिममा सुदिल राई आजको खेलमा हुनेछैनन्। चोटको कारण उनको शल्यक्रिया गर्नुपर्ने भएको छ। यद्यपि प्ल्यर बिबिसीसँग आर्मीका भन्दा कमजोर खेलाडी छन्। तर, अंकतालिकामा बिबिसी आर्मीभन्दा माथि छ।
आर्मीको २ अंक हुँदा बिबिसीको ४ अंक छ। तर आर्मी टिम आफूलाई बिबिसीभन्दा पछिको ठान्दैन। तामाङले भने, ‘हामी बलिया छौं। स्पष्ट तीन अंकका लागि नै खेल्ने हो। फरवार्डको अभावले दबाब सुरुबाटै छ। तर हामीसँग जति खेलाडी छन् ती सबै खेलाडी पोटेन्सियल भएका खेलाडी छन्।’
‘अवसर नपाएर आफ्नो क्षमता प्रदर्शन गर्न नसकेका खेलाडी पनि छन्। उनीहरूले राम्रो गर्नसक्छन्। त्यो कुरालाई मध्यनजर गरेर हामी लिग खेलाउँछौं,’ प्रशिक्षक तामाङले भने।