मंगलबार, असार ३०, २०८३

अस्वभाविक वर्षाले रोपाईं प्रभावित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-नेपालमा केहीवर्ष यता मनशुनको प्रकृति फरक भएको छ । अहिले मनशुन सक्रियछ । कतै वर्षाकै कारण पहिरो र डुबान छ भने, कतै धुलो मार्ने पानी मात्रै परेको अवस्था छ । 

लगातार रूपमा वर्षा हुने बेला यस वर्ष भने अस्वभाविक रूपमा रोकिदै पानी पर्ने गरेको छ । यसबाट आकाशे पानीमा निर्भर भई हुने गरेको  रोपाईमा असर गरेको छ । असार अन्तिमसम्म आइपुग्दा पनि  ५० प्रतिशत खेती  हुन नसकेको कृषि विभागका प्रवक्ता डा. रामकृष्ण श्रेष्ठ बताउँछन् । 

यो साताको पहिलो तीन दिन मंगलबारसम्म पनि हल्का तथा मध्य वर्षामात्र हुने मौसम तथा विज्ञान–प्रविधि पूर्वानुमान् महाशाखाले जनाएको छ । परिचम र पूर्वमा भने भारी वर्षा मंगलबारदेखि नै हुने देखिएको छ ।

जलवायु परिर्वतन यसको प्रमुख कारण मानिएको छ । यस बाहेक पनि मनशुनको पोजिसन र बंगालको खाडीबाट आउने ‘लो प्रेसर’ अथवा ‘डिप प्रेसर सिस्टम’ ले पनि प्रभाव पार्ने गरेको छ । मौसमविद् वरूण पौडेलका अनुसार मनशुस अनियमितता हुनुको प्रमुख कारण जलवायु परिवर्तन नै हो । 

नेपालको पूर्व र मध्यमा अनुमान गरे अनुसार नै वर्षा  भएको छ । वर्षायाम जारी रहेकाले यो साता मनशुन केही सक्रिय हुने मौसमविद पौडेलले बताए । भदौको अन्तिम सातादेखि असोजको पहिलोसातासम्म रहने गरेको छ । 

जेठ १७ देखि असार २४ सम्ममा देशभर चार सय मिलीलिटर पानी परेको छ । सँधै पर्ने पानीको तुलनामा यो करिब २० प्रतिशतमात्र रहेको जल तथा मौसम विभागले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।