काठमाडौं- भारतमा अर्को एक जनामा पनि कोभिडको ओमिक्रोन भेरियन्ट देखिएको छ। महाराष्ट्रका एक ३३ वर्षीय पुरुषमा ओमिक्रोन देखिएको हो। उनी हालै दक्षिण अफ्रिकाबाट मुम्बई आएका थिए। उनीसँगै भारतमा ओमिक्रोन भाईरसबाट संक्रमित हुनेको संख्या चार जना पुगेको छ।
पेसाले समुद्री इन्जियर ती व्यक्तिले कोभिडको दुबै खोप लगाएका थिए। मुम्बई उत्रिएपछि उनलाई सामान्य ज्वरो देखिएको थियो। उनको मुम्बईस्थित कोभिड केयर सेन्टरमा उपचार भइरहेको छ।
उनको सम्पर्कमा रहेका अन्य २३ जना यात्रुहरुको पनि कोभिड परीक्षण गरिएको छ। उनीहरु सबैको नेगेटिभ रिपोर्ट आएको प्राप्त समाचारमा जनाइएको छ। यसअघि जाम्बियाबाट फर्किएका एक व्यक्तिमा पनि ओमिक्रोन भेरयन्ट देखिएको थियो।