धनगढी- नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशन अन्तर्गत ६०६ मतगणना हुँदा संस्थापन पक्षका वीरबहादुर बलायरको प्यानलले मतान्तर बढाउँदै गएको छ।
बलायर प्यानलले सुरुवातदेखि नै लिएको अग्रता फराकिलो बनाउँदै गएको हो।
६०६ मतगणना हुँदा सभापतिका उम्मेदवार बलायर र इतर पक्षका नारायणदत्त मिश्रबीचको मतान्तर २४१ पुगेको छ। बलायरको ४१४ मत र इतर पक्षका मिश्रको १७३ मत रहेको छ।
उप-सभापतिमा संस्थापन पक्षका जनकराज चौधरी र लोगराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिकाकुमारी चलाउनेको अग्रता छ।