बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बागमती प्रदेश कांग्रेस अधिवेशन : सभापति बन्न बानियाँलाई पुगेन मत, पुन: निर्वाचन हुने

बागमती प्रदेश कांग्रेस अधिवेशन : सभापति बन्न बानियाँलाई पुगेन मत, पुन: निर्वाचन हुने

बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

मकवानपुर- बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्। 

२ हजार ८३ जना प्रतिनिधिले मतदान गरेकोमा बानियाँले ९ सय ९२ मत प्राप्त गरेका छन्। राति मत गणना गरेर सकिएपछि बढी मत ल्याए पनि सभापति पदका लागि बानियाँलाई यो मत पर्याप्त भने होइन। 

मत परिणामअनुसार सभापतिका अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसीले ८ सय ७७ मत पाए भने भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरे। बानियाँसहित तीनै जना सभापतिका उम्मेद्वारले पार्टीको विधानअनुसार ५१ प्रतिशत मत प्राप्त नगरेकाले फेरि मतदान गर्नुपर्ने भएको छ। सभापति हुनका लागि आवश्यक मत कसैको पनि हुन नसकेकाले अब फेरि आज सभापति पदमा चुनाव हुने भएको छ। बढी मत पाएका बानियाको पनि कुल मतको ४८ प्रतिशत मात्र मत हुन आउँछ। 

निर्वाचन समितिकाअनुसार चुनावमा १० मत बदर भएको छ भने १२ जनाले मतदान नै गरेनन्।  राति मतगणना भएदेखि नै बानियाँले अन्य दुई उम्मेद्वारलाई उछिन्दै आइरहेका थिए।  

यसअघि नेपाली कांग्रेस १३औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौलाबीच प्रतिस्पर्धा हुँदा ५१ प्रतिशत नतिजा ल्याउन नसक्दा दोहोर्‍याएर चुनाव गर्नुपरेको थियो। दोस्रो राउण्डको मतदानमा देउवा सभापति निर्वाचित भएका थिए। 

प्रकाशित: Dec 05, 2021| 08:31 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...