बिहीबार, भदौ ४, २०८३

पराजयपछि रेखाथापाको अभिव्यक्ति- यति धेरै मत पाउँदा प्रसन्न छु

राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला महामन्त्रीका उम्मेदवार रेखा थापाले पराजय हुँदा पनि खुसी व्यक्त गरेकी छन्।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला महामन्त्रीका उम्मेदवार रेखा थापाले पराजय हुँदा पनि खुसी व्यक्त गरेकी छन्। महिला महामन्त्रीका अर्का उम्मेदवार कुन्ती शाहीसँग पराजित भएकी थापाले चार बर्ष अवधिमा पार्टीका अधिकांशको मत जित्न सफल भएकोमा खुसी ब्यक्त गरेकी हुन्।

‘कुन्तीजी राप्रपामा २० वर्षभन्दा लामो समयदेखि सक्रिय हुनुहुन्थ्यो, उहाँको पार्टीभित्र लामो योगदान छ,’ थापाले भनिन्, ‘म चार वर्षअघि मात्रै राप्रपामा प्रवेश गरेको हुँ तै पनि मलाई उल्लेख्य मत आएको देख्दा व्यक्तिगत रुपमा म प्रसन्न छु।’ राप्रपा एकता महाधिवेसनमा मत प्रकट गर्ने सबैलाई थापाले धन्यवादसमेत दिएकी छन्। 

शाहीले २ हजार ८ मत ल्याउँदा थापा भने ३ सय ६८ मतले पछि पर्दै  १ हजार ६ सय ४० मत सीमित भएकी थिइन। अध्यक्षको अर्का प्रत्यासी कमल थापा पराजित भएको राप्रपा महाधिवेशनमा रेखा विजयी लिङ्देन समूहबाट महिला महामन्त्रीको उम्मेदवारी थिइन्।

चार वर्षअघि मात्रै राप्रपामा प्रवेश गरेकी अभिनेत्रीसमेत रहेकी शाहीलाई थापाले बधाई ज्ञापनसमेत गरेकी छन्। ‘चुनावी प्रतिस्पर्धामा जे–जे भए पनि कुन्तीजीलाई मेरोतर्फवाट विजयी हुनु भएको बधाई भन्न चाहन्छु,’ थापाले आगामी योजनाबारे भनिन्, ‘अब म राप्रपामा आबद्ध सबैको मन जित्ने कोसिसमा लाग्नेछु, अब पार्टीलाई झन् सशक्त बनाउने मेरो प्रयास हुनेछ।’ 

थापाको बुझाई राप्रपा महाधिवेशनमा आफुलाई ‘गणतन्त्रवादी’ भनेर महाधिवेशनस्थलमा प्रचार गरिएका कारण पनि पराजित हुनु परेको हो। ‘म नेपालवादी भनेर मत मागिरहे। तर अधिवेशनभर केहीले मलाई गणतन्त्रवादी भनेर प्रचारबाजी गर्दा पनि मेरो पराजय भएको हो कि भन्ने मेरो बुझाई छ,’ उनले न्युज कारखानासँग भनिन्। नेपाल र नेपाली जनताका लागि आफू सदैव जीवन अर्पित गर्न तयार भएर अभिनयबाट राजनीतिमा प्रवेश गरेको थापाको भनाइ छ। 

- न्युज कारखाना

प्रकाशित: Dec 05, 2021| 08:27 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...