आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • बार्सिलोना र एथ्लेटिकोको हारसँगै ला लिगामा रियल मड्रिडको बढ्दो अग्रता

बार्सिलोना र एथ्लेटिकोको हारसँगै ला लिगामा रियल मड्रिडको बढ्दो अग्रता

सोसिडाडको रियल एरिनामा सम्पन्न खेलमा पाहुना टिम रियलले २-० गोलको जित निकाल्दै शीर्षस्थानमा ९ अंकको अग्रता बनाएको छ।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

काठमाडौं- लुका लोभिच र भिनिसयस जुनियरको गोलमा रियल मड्रिडले शनिबार राति रियल सोसिडाडलाई हराएको छ। सोसिडाडको रियल एरिनामा सम्पन्न खेलमा पाहुना टिम रियलले २-० गोलको जित निकाल्दै शीर्षस्थानमा ९ अंकको अग्रता बनाएको छ।

National life

खेलको पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफको ४७ औं मिनेट र ५७ औं मिनेटमा रियलले गोल गरेको थियो। चोट लागेका करिम बेञ्जिमाका ठाउँमा मैदान प्रवेश गरेका जोविकले खेलको दोस्रो र व्यक्तिगत रुपमा सिजनको पहिलो गोल गरेका हुन्।

यो जितले रियललाई लिगको धेरै सुरक्षित ठाउँमा पुर्याएको छ। १६ खेल सकिँदा उसले ८ अंकको अग्रता बनाएको हो। यता शनिबार रातिकै खेलमा डियोगो साइमनको टिम एथ्लेटिको मड्रिडले मायोर्कासँग २-१ गोलको हार बेहोरेपछि रियलले शीर्षस्थानमा अग्रता बढाएको हो।

गएराति नै सेभियाले भिल्लारियलविरुद्ध १-० गोलको जित निकालेको छ। यता जाभी हर्नान्डेजको टिम बार्सिलोनालाई भने रियल बेटिसले पराजित गरेको छ।

यससँगै ला लिगामा ३० अंक जोड्दै रियल बेटिस तेस्रो स्थानमा उक्लिएको छ भने बार्सिलोना २३ अंकका साथ सातौं स्थानमा छ। सेभिया दोस्रो स्थानमा यथावत् छ भने एथ्लेटिको मड्रिड २९ अंकका साथ चौथौ स्थानमा छ। रियल सोडिसाड र एटेलेटिकोको समान अंक छ। गोलअन्तरका आधारमा सोसिडाड पाचौ स्थानमा छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 05, 2021| 08:40 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।