बिहीबार, भदौ ४, २०८३

राप्रपाको कुन पदमा कति मतसहित को विजयी?

अध्यक्षका अर्का प्रत्यासी कमल थापालाई २२७ मतान्तरले पराजित गर्दै लिङ्देन राप्रपाको अध्यक्ष बनेका हुन्।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्। अध्यक्षका अर्का प्रत्यासी कमल थापालाई २२७ मतान्तरले पराजित गर्दै लिङ्देन राप्रपाको अध्यक्ष बनेका हुन्।

लिङ्देन १८४४ मतका साथ विजयी भएका छन्। थापाले १६१७ मत पाए। ४३१ मत बदर भएको छ।

राप्रपाको उपाध्यक्षमा विक्रम पाण्डे विजयी भएका छन्। पार्टीको खुल्ला उपाध्यक्षका उम्मेदवार पाण्डे सर्वाधिक मतका साथ विजयी भएका हुन्।

पाण्डे २५२१ मत ल्याएर निर्वाचित भएका छन्। उनी कमल थापा र राजेन्द्र लिङ्देन दुवै प्यानलमा समेटिएका थिए।

यस्तै खुला उपाध्यक्षतर्फ नै बुद्धिमान तामाङ १९४४ मतका साथ विजयी भएका छन्। उपाध्यक्षकै प्रत्यासी ध्रुवबहादुर प्रधान १८१४ प्राप्त गर्दै विजयी भन्दा महिला उपाध्यक्षतर्फ रोशन कार्की १६८९ का साथ निर्वाचित भइन्।

खुला महामन्त्रीमा डा. धवलशमशेर राणा  २२२१ र भुवन पाठक १८०५ मतका साथ विजयी भएको राप्रपा निर्वाचन समितिले जनाएको छ। महिला महामन्त्रीमा भने कुन्ती शाही २००८ मतका साथ विजयी भएकी छन्।


प्रकाशित: Dec 05, 2021| 08:03 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...