काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को उपाध्यक्षमा विक्रम पाण्डे विजयी भएका छन्। पार्टीको खुल्ला उपाध्यक्षका उम्मेदवार पाण्डे सर्वाधिक मतका साथ विजयी भएका हुन्।
पाण्डे २५२१ मत ल्याएर निर्वाचित भएका हुन्। उनी कमल थापा र राजेन्द्र लिङ्देन दुवै प्यानलमा समेटिएका थिए।