बिहीबार, भदौ ४, २०८३

राप्रपाको महामन्त्रीमा रेखा थापा पराजित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा कुन्तीकुमारी शाही विजयी भएकी छिन्। महिलातर्फको महामन्त्री पदमा नायिकासमेत रहेकी रेखा थापा ३६८ मत अन्तरले पराजित गर्दै कुन्तीकुमारी शाही विजयी भएकी हुन्।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को  महामन्त्रीमा कुन्तीकुमारी शाही विजयी भएकी छिन्। महिलातर्फको महामन्त्री पदमा नायिकासमेत रहेकी रेखा थापा ३६८ मत अन्तरले पराजित गर्दै कुन्तीकुमारी शाही विजयी भएकी हुन्। 

आज बिहान सार्वजनिक भएको मत परिणाम अनुसार शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत मात्र प्राप्त गरिन्।

शाही कमल थापा प्यानलबाट महामन्त्रीको उम्मेदवारी थिइन् भने थापा राजेन्द्र लिङ्देन​को समूहबाट चुनावी मैदानमा उत्रिएकी थिइन्। अध्यक्षमा राजेन्द्र विजयी भए पनि महामन्त्रीमा थापा पराजित भएकी छन्।


प्रकाशित: Dec 05, 2021| 07:44 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...