बुधबार, भदौ १७, २०८३

म्यानचेस्टर सिटी सिजनमै पहिलो पटक शीर्षस्थानमा

समान १५-१५ खेलमा सहभागी भएका लिभरपुल र चेल्सीलाई क्रमश: एक र दुई अंकले पछि छोड्दै म्यानचेस्टर सिटीले यो सिजन इंग्लिस प्रिमियर लिग (ईपीएल) शीर्षस्थानमा पुगेको छ।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

काठमाडौं- समान १५-१५ खेलमा सहभागी भएका लिभरपुल र चेल्सीलाई क्रमश: एक र दुई अंकले पछि छोड्दै म्यानचेस्टर सिटीले यो सिजन इंग्लिस प्रिमियर लिग (ईपीएल) शीर्षस्थानमा पुगेको छ।

शनिबार रातिको खेलमा सिटीले वाटमाफोर्डलाई ३-१ गोलले हराएको थियो। सिटीको जितका लागि बर्नार्डो सिल्वाले दुई गोल गरे भने रहिम स्टार्लिङले एक गोल गरे। वाटमाफोर्डका हर्नान्डेजले एक गोल फर्काएका थिए।

शीर्षस्थानमा पुगेपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिआलाले आफू लिगको सबैभन्दा उच्च स्तरमा पुगेको खुसी भएको बताए। ‘हामी धेरै कन्सिन्टेन्ट टिम हो,’ सबै प्रतियोगितामा लगातार सात जिन निकालेका ग्वार्डिओलाले भने, ‘हामीले आज राम्रो खेल्यौँ। र, धेरै अवसरहरु गुमायौँ पनि।’

उनले आफूले तीन गोल गरे पनि त्यो भन्दा धेरै गोल गर्नसक्ने अवस्था रहेको बताएका छन्। ‘यो हप्ता शीर्षस्थामा हुँदा खुसी लागेको छ। हामीले अंक गुमाउन पनि सक्छौं। अरु टिमले पनि गुमाएका छन्। अझै धेरै खेलहरु बाँकी छन्,’ उनले भने।

शनिबार साँझसम्म चेल्सी शीर्षस्थानमा थियो। तर लामो समयदेखि शीर्षस्थानमा कब्जा जमाएको चेल्सीले १५ खेलबाट ३३ अंक बनाएको छ। गए राति तीन अंक गुमाएपछि ऊ अहले पहिलो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा दुई अंकले पछि छ।


प्रकाशित: Dec 05, 2021| 07:42 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।