आइतबार, असार २१, २०८३

चेल्सी वेस्ट हामसँग पराजित

वेस्ट हामको मैदानमा सम्पन्न खेलमा चेल्सीले ३-२ गोलको हार बेहोरेको हो।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

काठमाडौं- इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार रातिको खेलमा चेल्सीले वेस्टहामसँग हार बेहोरेको छ। वेस्ट हामको मैदानमा सम्पन्न खेलमा चेल्सीले ३-२ गोलको हार बेहोरेको हो।

यो हारसँगै चेल्सीले शीर्षस्थान पनि गुमाएको छ। लामो समययदेखि शीर्षस्थानमा कब्जा जमाएको चेल्सीले १५ खेलबाट ३३ अंक बनाएको छ। गएराति तीन अंक गुमाएपछि अहले पहिलो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा दुई अंकले पछिपरेको हो।

यता विजेता वेस्टहाम भने २७ अंकका साथ चौथो स्थानमा छ। शनिबार राति चेल्सीका लागि थियागो सिल्वाले २८ औं मिनेटमा अग्रता बनाए पनि उसले अग्रता जोगाउन सकेन।

घरेलु टिमले ४० औं मिनेटमा पेनाल्टी पाएपछि उसले सदुपयोग गरेको थियो। तर मेसन माउन्टले ४४ औं मिनेटमा पुनः चेल्सीलाई अग्रता दिलाए। यससँगै पहिलो हाफमा चेल्सी २-१ गोलले अघि रह्यो।

तर, दोस्रो हाफको ५६ औं र ८७ औं मिनेटमा गोल गर्दै वेस्ट हामले ३-२ गोलको जित निकालेको हो। ६४ प्रतिशत समय बलमा नियन्त्रण बनाएर विपक्षीको पोस्टतर्फ १९ प्रहार गरेको चेल्सीले दोस्रो हाफमा भने गोल गर्न सकेन।

प्रकाशित: Dec 05, 2021| 08:00 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।