बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राप्रपा मतगणना अपडेट : २९६४ मत गनिसक्दा लिङ्देन ११७ मत अन्तरले अगाडि

राप्रपा मतगणना अपडेट : २९६४ मत गनिसक्दा लिङ्देन ११७ मत अन्तरले अगाडि

२ हजार ९६४ मत गणना हुँदा लिङ्देनले १३७१ र थापाले १२५४ मत पाएका छन्। एकसय बढी मतान्तरले लिङदेनले सुरुवातदेखि नै अग्रता कायम राखेका छन्।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

काठमाडौं- २ हजार ९६४ मत गणना हुँदा राजेन्द्र लिङ्देनले १३७१ र कमल थापाले १२५४ मत पाएका छन्। एक सय बढी मतान्तरले लिङदेनले सुरुवातदेखि नै अग्रता कायम राखेका छन्।

पछिल्लो परिणामअनुसार थापा ११७ मतले पछि परेका छन्। ३३९ मत बदर भएको निर्वाचन समितिले जनाएको छ। शनिबार बिहान ११ बजेबाट सुरू भएको मतदान आइतबार बिहान १ बजे सकिएको थियो। अध्यक्षमा मतपत्र तथा अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा ८६ मेसिनबाट विद्युतीय मतदान भएको थियो।

निर्वाचनबाट एक अध्यक्ष, तीन उपाध्यक्ष, तीन महामन्त्री र अन्य सदस्य गरी राप्रपाको १९९ सदस्यीय केन्द्रीय समिति बन्नेछ। 

प्रकाशित: Dec 05, 2021| 07:07 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...