काठमाडौं- राप्रपाको जारी मतगणनामा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता लिएका छन्। ३ हजार ८७३ मतगणना सकिँदा लिङ्देनले ११२१ मतसहित अग्रता लिएका हुन्।
प्राप्त परिणामअनुसार अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनले ११२१ मत पाउँदा उनका प्रतिस्पर्धी कमल थापाले १०२० भोट पाएका छन्।
शनिबार दिउँसो करिब १२ बजे सुरु भएको मतदान राति साढे ११ बजे सकिएको राप्रपा निर्वाचन समितिका एक सदस्यले बताए। उनका अनुसार कूल ३८७३ मत खसेको छ। राप्रपाको नयाँ नेतृत्व लिन लिङ्देन र थापाले प्यानलसहित अध्यक्षमा उम्मेदवारी दिएका हुन्।
निर्वाचनबाट एक अध्यक्ष, तीन उपाध्यक्ष, तीन महामन्त्री र अन्य सदस्य गरी राप्रपाको १९९ सदस्यीय केन्द्रीय समिति बन्नेछ।