मंगलबार, असार ३०, २०८३

आस्थाको 'उज्यालोको खोजी'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- शनिवार २३ गते राजधानीमा एक कार्यक्रम बिच ‘उज्यालोको खोजी’ नामक गजल संग्रह बिमोचन भएको छ । 

साथै उक्त कार्यक्रममा प्रदीप थापाको ‘रुवाई’ गीत गजल संग्रह ‘प्रयास’ र गीति एल्बम ‘प्रयास’को पनि संयुक्त सार्वजनिक गरिएको छ । 

‘उज्यालोको खोजी’माथि बोल्दै प्रमुख अतिथि ललिजन रावलले समाज परिवर्तनको अहम् भूमिका खेल्ने बताए । गजलको रचना र संरचना प्रक्रियालाई समय क्रमसँगै स्रष्ठाहरू आफू अनुकुल व्याख्या गर्न लागेको बताए । साथै समाजमा भएका तमाम विकृति र बेतिथिविरुद्ध लेख्नु पर्ने बताए । 

रुवाई गीत र गजल संग्रहका लेखक प्रदिप थापाले कलिलो विधाको रुपमा ‘रुवाई’ रहेको बताए । माया प्रेममाथि बढी कलम चलेको बताए ।

पुस्तक तथा एल्बममाथि गजलकार तथा समालोक प्रभाती किरण, ज्ञानु विद्रोही, शैलेन्द्र अधिकारी, डा. भोजराज अधिकारी र नरेन्द्रजंग पीटरले बोलेका थिए । 
 
जनय्द्धको समयमा वर्गिय मुक्ति चेतनाको बिकास भएको बताइन् कवि तथा सञ्चारकर्मी आस्था केसीले ‘उज्यालोको खोजी’ गजल संग्रहलाई कन्दरा पब्लिकेशनले छापेको हो । कार्यक्रमका अध्यक्षता अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका नेपाल च्याप्टर संयोजक भरत पौडेलले गरेका थिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।