आइतबार, वैशाख २८, २०८२

माउन्टेन बाइक च्यालेन्जमा लक्ष्मण र हुमी च्याम्पियन

सोही स्पर्धा हिक्मत बिके चौथो, अच्युत कृष्ण खरेल पाँचौ, प्रचित थापा मगर छैटौं, किरण राई सातौं, मानबहादुर तामाङ आठौं, बिनोद सापकोटा नवौं र मिलन श्रेष्ठ दसौं भए।
 |  शनिबार, मंसिर १८, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १८, २०७८

vianetvianet

रसुवा- पहिलो संस्करणको हाइ अल्टिच्युड रसुवा माउन्टेन बाइक च्यालेन्जको उपाधि लक्ष्मण मल्ल र हुमी बुढामगरले जितेका छन्। 

triton college

रसुवाको कालिकास्थानमा शनिबार भएको ३१ किलोमिटरको दौड मल्लले १ घण्टा २९ मिनेट १९ सेकेन्डमा पार गर्दै विजेता बने। पुरुष स्पर्धामा सुरज राना मगर दोस्रो र प्रकाश थापा मगर तेस्रो बनेका छन्। सुरजले १ घण्टा २९ मिनेट ४२ सेकेन्ड र प्रकाशले १ घण्टा २९ मिनेट ५७ सेकेन्डमा निर्धारित दुरी पार गरे। 

सोही स्पर्धा हिक्मत बिके चौथो, अच्युत कृष्ण खरेल पाँचौ, प्रचित थापा मगर छैटौं, किरण राई सातौं, मानबहादुर तामाङ आठौं, बिनोद सापकोटा नवौं र मिलन श्रेष्ठ दसौं भए। 

महिलातर्फ विजेता बनेकी हुमीले १३ औं साग खेलकुदकी स्वर्ण पदक विजेता लक्ष्मी मगरलाई २ सेकेन्डले पछि पारिन्। हुमीले निर्धारित दूरी १ घण्टा ५३ मिनेट १३ सेकेन्डमा पार गरिन्। दोस्रो बनेकी लक्ष्मीले १ घण्टा ५३ मिनेट १५ सेकेन्डमा पुरा गरिन्। तेस्रो बनेकी इन्द्रकला नेम्वाङ्गले २ घण्टा २ मिनेट ४८ सेकेन्डमा निर्धारित दूरी पुरा गरिन्। सोही स्पर्धामा उषा खनाल चौथों, इन्द्रकुमारी तामाङ पाँचौं, विदिशा चौधरी छैटौं र सकुन्तला बुढा मगर सातौं भइन्।

पुरुष तथा महिला स्पर्धामा च्याम्पियन बनेका खेलाडीले ४० हजार रुपैयाँ नगद प्राप्त गरेका छन्। दोस्रोले २० हजार, तेस्रोले १५ हजार, चौथोले ७ हजार, पाँचौंले ६ हजार, छैटौंले ५ हजार, सातौंले ४ हजार, आठौंले ३ हजार, नवौंले २ हजार र दशौं स्थान हात पार्ने खेलाडीले १ हजार रुपैयाँ नगद प्राप्त गरे।

National life insurance


प्रतियोगिताको मास्टर्स विधामा हर्क लामा विजेता बने। उनले निर्धारित दूरी १ घण्टा ४५ मिनेट २४ सेकेन्डमा पार गरे। दोस्रो बनेका नयन मानन्धरले १ घण्टा ४९ मिनेट ५६ सेकेन्डमा दुरी पुरा गरे। पेम्बा शेर्पाले २ घण्टा ५ मिनेट १८ सेकेन्डमा दुरी पार गर्दै तेस्रो बने। 

जुनियर स्पर्धाको विजेता किरण लिम्बु बने। उनले १ घण्टा ३८ मिनेट ३८ सेकेन्डमा दुरी पार गरे। आशिष तामाङ १ घण्टा ४६ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै दोस्रो बने। तेस्रो बनेका राहुल वाइबाले १ घण्टा ५० मिनेट ०२ सेकेन्डमा दुरी पार गरेका थिए।

मास्टर्स र जुनियर विधाका विजेताले मेडल सहित १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार रुपैयाँ प्राप्त गरे।  

१६ सय मिटर उचाईको कालिकास्थानबाट सुरु भएको दौड घुम्तिबजार, लामाटोल, गुम्बाडाडाँ, स्याउबारी हुँदै २३ सय मिटर उचाईको लोकिल पुगेर आलुखर्क, गोर्मु, सस्र्युङ, किमाजोङ, खाल्चेट, जिवजिबे हुँदै कालिकास्थानमै आएर टुङ्गिएको थियो।

प्रतियोगितालाई प्रदेश खेलकुद परिषद् बागमती प्रदेश र नेपाल साइक्लिङ संघले संयुक्त रुपमा आयोजना गरेका हुन्। प्रतियोगितामा जिल्ला साइक्लिङ संघ रसुवा र जिल्ला खेलकुद विकास समिति रसुवाले समन्वयको भुमिका निर्वाह गरेका थिए। 

बागमती प्रदेशलाई खेलकुदमार्फत पर्यटनसँग जोड्ने उद्धेश्यले प्रदेश खेलकुद परिषद् बागमती प्रदेशले हाई अल्टिच्युड प्रतियोगिता सञ्चालन गर्दै आएको छ। यसअघि प्रदेश खेलकुद परिषद् बागमती प्रदेशले दोलखामा राष्ट्रिय रिङ रेस्लिङ र सिन्धुपाल्चोकमा पाँचपोखरी अल्ट्रा ट्रेल हाफ म्याराथन प्रतियोगिता संयुक्त रुपमा आयोजना गरेको थियो।

पूर्व खेलकुद मन्त्री हितबहादुर तामाङले विजेता खेलाडीलाई मेडल र नगद सहित पुरस्कृत गरेका थिए। जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष दावा तामाङले अर्को वर्ष जिल्लामा  साइक्लिङको अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गरिने जानकारी दिए।

प्रदेश खेलकुद परिषद् बागमती प्रदेशका सदस्य सचिव सुर्यलाल भण्डारीले खेलकुदसँगै प्रदेशको पर्यटनलाई प्रबद्र्धन गर्न हाई अल्टिच्युड प्रतियोगितालाई निरन्तरता दिईने बताए। उनले भने, ‘हामीसँग भएको भौगोलिक विविधता र पर्यटनलाई खेलकुदसँग जोडेर देशको समृद्धिमा योगदान गर्ने योजना अनुसार शाहसीक तथा पर्यटकीय खेलकुदलाई प्रदेश सरकारले विशेष जोड दिएको छ।’

प्रकाशित: Dec 04, 2021| 19:00 शनिबार, मंसिर १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।