आइतबार, फागुन २४, २०८२

रत्‍न र रशिलालाई बाह्रबिसे कपको उपाधि

रत्‍नले उपाधीका साथै नगद एक लाख २५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे। दोश्रो भएका नविनले नगद ६५ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरे।
 |  शनिबार, मंसिर १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १८, २०७८

काठमाडौं- सिन्धुपाल्चोकको बाह्रबिसेमा भएको बाह्रबिसे कप ब्याडमिन्टन २०७८ खुल्ला राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको उपाधी सेनाका रत्‍नजित तामाङले जितेका छन्। सेनाको बर्चस्व रहेको प्रतियोगितामा रत्‍नले सेनाकै नविन श्रेष्ठमाथि २१–१८, २१–१९ को जित निकाल्दै उपाधी उचालेका हुन्। रत्‍नले उपाधीका साथै नगद एक लाख २५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे। दोश्रो भएका नविनले नगद ६५ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरे।

National life

मंसिर १५ देखि सुरु भएको प्रतियोगिताको महिला एकलतर्फ सेनाकी रशिला महर्जनले सेनाकै अमिता गिरीमाथि जित निकाल्दै उपाधि कब्जा गरिन्। उनले उपाधि हात पार्ने क्रममा गिरीमाथि २१–१६, २१–१६ को समान अन्तरले पराजित गरिन्। रशिलाले नगद ५० हजारसहित मेडल र प्रमाण पत्र तथा गिरीले २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे।

उच्च २० वरीयतादेखि बाहेकका पुरुष युगलतर्फको खेलमा कास्कीका विधान अधिकारी र विशाल खड्काले उपाधी जिते। अधिकारी र खड्काको जोडीले सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीलाई २१–१६, २१–१७ ले पराजित गर्दै उपाधी उचालेका हुन्। पुरुष युगलतर्फ विजयी र उपविजयी खेलाडीहरुले नगद एक लाख र ५० हजारका साथै मेडल र प्रमाण पत्र प्राप्त गरे।

भेट्रान्स ४५ वर्षमाथिको प्रतिस्पर्धामा पर्फेक्ट फिटनेश क्लबका सञ्‍जय कपाली र श्याम लामाको जोडीले तनहुँका मान बहादुर राना मगर र देव बहादुर थापाको जोडीलाई २१–१८, २१–११ ले पराजित गरे। विजेता तथा उपविजेताले गिफ्ट ह्याम्परका साथै मेडल र प्रमाण पत्र प्राप्त गरे।

जिल्लास्तरीय पुरुष युगलतर्फको प्रतिस्पर्धामा बाह्रबिसेका अभिषेक गुरुङ् र रमेश शेर्पाको जोडीले बाजी मारे। उक्त जोडीले चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडीलाई २१–१२, १८–२१, २१–१६ ले पराजित गरेका हुन्। पहिलो र दोश्रो हुने दुवैले गिफ्ट ह्याम्पर मेडल र प्रमाण पत्र प्राप्त गरे।

Laxmi sunrise bank
kumari

यस अघि आजै भएको सेमिफाइनलमा सेनाका रत्‍नजितले सेनाकै प्रफुल महर्जनलाई २१–१७, २१–१९ को जित निकाल्दै फाइनल प्रवेश गरेका थिए। यस्तै नविनले वरीयतामा दोश्रो स्थानमा रहेका एपीएफका दिपेश धामीमाथि ९–२१, २१–१५, २१–१६ को जित निकाल्दै रत्‍नसँगको भेट पक्का गरेका थिए। तृतीय स्थान प्राप्त गरेका प्रफुल महर्जन र दिपेश धामी प्रत्येकले नगद ३० हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे।

महिला एकलतर्फ सेनाकै अमिता गिरी र रशिला महर्जन फाइनल प्रवेश गरे। अमिताले नेपाल पुलिसकी निता लम्साललाई २१–२३, २१–१०, २१-१२ ले तथा रशिलाले सेनाकै अनुमाया राईलाई २१–१४, २१–१४ को समान अन्तरमा पराजित गरे। तृतीय स्थान प्राप्त गर्ने निता र अनुमाया प्रत्येकले नगद १२ हजार ५ सयका साथ मेडल र प्रमाण पत्र प्राप्त गरे।

सिल्क ग्रुपको प्रायोजन, बाह्रबिसे नगरपालिकाको सहयोग तथा खुर्सानीबारी खेलकुद कभर्डहलको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगल तर्फ सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीले बुटवलका सुशिल गिरी र बिवेक न्यौपानको जोडीलाई २१–१०, २१–१५ ले पराजित गर्दै फाईनल यात्रा तय गरेका थिए। यस्तै फाइनल प्रवेश गर्ने क्रममा कास्कीका विधान अधिकारी र विशाल खड्काको जोडीले पनि जित निकाल्यो। उक्त जोडीले बालकुमारी रिमिक्सका ससिन डंगोल र सुमित महर्जनको जोडीलाई २१–१२, २१–११ को सेटमा पराजित गरेका थिए। तृतीय हुने सुशिल र विवेकको जोडी तथा ससिन र सुमितको जोडीले २५।२५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे।

भेट्रान्स ४५ वर्षमाथिको खेलमा परफेक्ट फिटनेश क्लबका सञ्‍जय कपाली र श्याम लामाको जोडी तथा तनहुँका मनबहादुर राना मगर र देव बहादुर थापाको जोडी फाइनल प्रवेश गरे। कपाली र लामाको जोडीले बाह्रबिसेका कमल कुमार श्रेष्ठ र प्रेम कुमार श्रेष्ठको जोडीलाई २१–१०, १–१४ तथा राना मगर र थापाको जोडीले बाह्रबिसेकै रविन बोमजन र बेद बहादुर श्रेष्ठको जोडीलाई २२–२४, २१–१२, २१–१२ ले पराजित गरेका थिए।

जिल्लास्तरिय पुरुष युगलतर्फको स्पर्धामा चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठ तथा बाह्रबिसेका अभिषेक गुरुङ र रमेश शेर्पाको जोडीले फाइनलमा स्थान बनाएका थिए। श्रेष्ठद्वयको जोडीले मेलम्चिका किशान दुलाल र राजन श्रेष्ठको जोडीलाई २१–१९, २१–१६ ले तथा गुरुङ्ग र शेर्पाको जोडीले बलेफीका अजय तामाङ्ग र पुलिसका पुर्ण बहादुर थापाको जोडीलाई २०–२२, २१–१४, २१–१९ ले पराजित गरेका थिए।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी बाह्रबिसे नगरपालिकाका मेयर निमाफुञ्जी शेर्पा, उपमेयर सुशिला पाख्रिन, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए। प्रतियोगितामा पुरस्कार रासी ५ लाख ५० हजार रहेको थियो।


प्रकाशित: Dec 04, 2021| 18:45 शनिबार, मंसिर १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।