आइतबार, वैशाख ७, २०८२

दुई पटक पछि परेको अवस्थाबाट जोगिँदै मनाङले जोगायो एक अंक

आजको संकटाको रणनीतिचाहीँ कस्तो थियो ? जवाफमा संकटाका प्रशिक्षक विष्णु गुरुङले भने, ‘हामीले कति मिनेटमा कसरी खेल्ने भनेर सिकिरहेका छौं। हामीले दुई अंक गुमायौँ। अन्तिममा अलर्ट भएको भए गोल हुँदैन थियो। हामीले आज काउन्टरभन्दा पनि पोसेसनमा नै ध्यान दिएका थियौँ। ’
 |  शनिबार, मंसिर १८, २०७८
nespernesper

विनय सापकोटा

विनय सापकोटा

शनिबार, मंसिर १८, २०७८

vianetvianet

काठमाडौं- पहिलो खेलमा जावलाखेल युथ क्लबलाई १–० गोलले हराएको मनाङले दोस्रो खेलमा हिमालयन शेर्पाविरुद्ध सोही गोलअन्तको जित निकालेको थियो। सहिद स्मारक ए डिभिजन लिगको दोस्रो चरण सकिएसँगै दुबै खेलमा जित निकालेको टिम शीर्षस्थानमा रह्यो।

triton college

यदि उसलाई जितको लय कायम राख्नु थियो भने शनिबार दिउँसो दरशथ रंगशालामा जित निकाल्नु अनुवार्य थियो। तर ९० मिनेटसम्म २–१ गोलले पछि परेको चोटिल समयमा सुधार गर्दै उसले २–२ गोलको बराबरी खेल्यो।

आजको संकटाको रणनीतिचाहीँ कस्तो थियो ? जवाफमा संकटाका प्रशिक्षक विष्णु गुरुङले भने, ‘हामीले कति मिनेटमा कसरी खेल्ने भनेर सिकिरहेका छौं। हामीले दुई अंक गुमायौँ। अन्तिममा अलर्ट भएको भए गोल हुँदैन थियो। हामीले आज काउन्टरभन्दा पनि पोसेसनमा नै ध्यान दिएका थियौँ। ’

यो बराबरीसँगै मनाङको शतप्रतिसत जितको यात्रा भने तोडिएको छ। शनिबार दशरथ रंगशालामा मनाङका लागि दयानन्द सिंह र फ्रांकलिन टेलाले गोल गरे। यता संकटाका निरोज बस्नेत र उत्तमले गरेका थिए।

‘हामीले सुरुमा लय लिन नसक्दा विपक्षीले हामीलाई दबाब दियो। हामीले बल पोसेसन लिन नसक्नलेबित्तिकै संकटाले पोसेसन बनाउँदै काउन्टर अट्याकमा अवसर पाइहाल्यो र गोल गर्‍यो,’ खेलपछि मनाङका प्रशिक्षक राजेन्द्र तामाङले भने, ‘हामीले आज बल पाएपछि हतार गर्‍यौं। यस्तो भएपछि अपोनेन्टले अवसर पाउँछ। अर्थात् हामीले अपोनेन्टलाई अवसर दियौँ।

National life insurance

खेलको पहिलो २५ मिनेट बल सेन्टर लाइन वरपर घुमे पनि त्यसपछि दुवै टिमले केही राम्रा अवसर बनाएका थिए। संकटाका गोलकिपर राजाबाबु गुरुङ बिट भइसकेको अवस्थामा मनाङका कप्तान अन्जन विष्टले प्रहार गरेको बल निरज बस्नेतले गोललाइनबाट बचाए। खेलको २९औं मिनेटमा बिष्टले शून्य कोणबाट प्रहार गरेको बल क्लियर गरेपछि मनाङले गोलको सुनौलो अवसर गुमाएको हो।

मनाङले अवसर गुमाएको अर्को मिनेटमा संकटाले मनाङविरुद्ध अग्रता बनायो। ३० औं मिनेटमा निरजले गोल गरेर मनाङको पोस्टमा पहिलो गोल गरे। जारी लिगमा मनाङले बेहोरेको यो नै पहिलो गोल हो। उक्त मिनेटमा लक्ष्मण रुचालबाट पाएको फ्रिकिक प्रहारलाई निरजले हेडरमार्फत् गोल गरे।

तर, खेलको ३५ औं मिनेटमा दयानन्दले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा फर्काए । पुजन उपरकोटीबाट पाएको फ्रि-किक बललाई फ्रान्कलिनले दयानन्दलाई पास उपलब्ध गराएका थिए। प्राप्त बललाई भारतीय मिडफिल्डर दयानन्दले हेडरमार्फत स्कोर गरे।

यससँगै पहिलो हाफमा खेल बराबरी रह्यो। 

‘मिडल थर्ड सजिलो हुन्छ, बल पास गरेर खेल्न सकिन्छ तर डिफेन्डिन थर्ड गाह्रो हुन्छ। हामीलेचाहीँ आज गाह्रो अवस्थामा गल्ती गर्‍यौं। अन्तिममा चान्स आयो र बराबरी भयो,’ मनाङका प्रशिक्षक राजेन्द्र तामाङले भने, ‘हाम्रो खेलमा डिफेन्सको ल्याक भएको हो। हाम्रो डिफेन्डर  दिनेश राजवंशीले डिफेन्सको लिडरसिप लिन सकेनन्। उनले आफ्नो पोजिसन मात्र कभर गरेर हुँदैन। मार्किङ पनि गर्नुपर्छ।’

दोस्रो हाफको सुरुमा आक्रामक मुभ नभए पनि ६१ औं मिनेटमा ओलावाले अफिजको प्रहार सेकेन्ड बारमा लागेर बाहिरिएको थियो। काउन्टर अट्याकमा गोल गर्न खोजिरहेको संकटा क्लबले ७० औं मिनेटमा दोस्रो सफलता पायो। फोडे फोफानाले खेल गोललाई नजिकैबाट दिएको पासलाई मिडफिल्डर जय गुरुङले गोलमा बदलेका थिए।

यो गोलसँग मनाङ २–१ गोललपछि पर्यो। त्यससपछि उसले धेरै आक्रमणका प्रयास गरे पनि गोल गर्न भने सकेन्। ७५ औं मिनेटमा प्रवेश कुमारको अटेम्पटलाई गोलकिपर राजा बाबु थापाले डाइभ गरेर बचाएका थिए।

अन्तिम दोस्रो हाफको अन्तिम समयसम्म पनि गोल गर्न नसकेपछि मनाङ दबाबमा आइसकेको थियो। तर त्यो दबाबलाई इन्ज्युरी समयमा ओलावाले अफिजले तोडिदिए। उनले पेनाल्टी बक्स बाहिरबाट गरेको तेजिलो प्रहार गोलमा परिणात भएको थियो।

यसरी मनाङले दुई पटक अग्रता गुमाएर पनि बराबरी गर्दै खेलमा एक अंक जोडेको छ। यसरी उसले दुई पटक अंक गुमाएर एक अंक जोड्यो।

‘हामीले ९० मिनेमा भित्रमा जतिबेला पनि गोल गर्ने हो। यो लिगमा प्रतिस्पर्धि पनि छ। अरुको टिमले कस्तो फर्मेसनमा खेलिरहेको छ भनेर सोच्नुपर्छ। प्रसिङ वा स्पिडी के छ भनेर हेर्ने हो। खेलाडीका आफ्नो एटिच्युट भएर पनि खेल्न नसकेको हो। संकटाले आज हामीले भन्दा राम्रो खेल्यो। आजको खेलमा उनीहरुको क्वालिटीमा कमी थियो नै। तर आज हामीभन्दा राम्रो खेल्यो,’ मनाङका प्रशिक्षक तामाङले भने।

यता संकटाका प्रशिक्षक विष्णुले आफ्ना खेलाडीले अन्तिम समयमा आफ्ना खेलाडी कन्सियस हुन नसकेपछि अन्तिममा गोल खान पुगेको बताएका छन्। उनले भने, ‘आज खुसी छु। नयाँ योजना थियो। मनाङको टिमको प्रदर्शनबारे सचेत थियौं। हामीले अन्तिममा कन्सियस गुमाएको कारण हामीले खेल गुमाउन पुग्यौँ,’ उनले भने।

यो बराबरीसँगै मनाङले ७ अंक बनाएर दोस्रो स्थानमा कामय छ। शीर्षस्थानको सातदोबाटोको पनि समान ७ अंक नै छ। ५ अंक बनाएको संकटा भने तेस्रो स्थानमा छ। राजेन्द्र तामाङ संकटाका प्रशिक्षक विष्णु गुरुङका पनि कुनैबेला प्रशिक्षक थिए। ‘मैले थ्रिस्टारमा हुँदा विष्णु गुरुङलाई ट्रेनिङ गराएको थिएँ। आज ऊ राम्रो प्रशिक्षक बनेको छ,’ प्रशिक्षक तामाङले भने।

प्रशिक्षक राजेन्द्रबारे के भन्नुहुन्छ ? जवाफमा विप्णुले भने, ‘राजेन्द्र दाई धेरै राम्रो प्रशिक्षक हुनुहुन्छ। मैले उहाँबाट धेरै सिकेको छु। उहाँहरुले पनि हामीलाई धेरै सिकाउनु भएको छ।’

संकटा प्रशिक्षक विष्णु गुरुङले आफू यो लिगमा रमाइरहेको र धेरै कुरा सिकिरहेको बताएका छन्। उनले भने, ‘म यो लिगमा रमाइरहेको छु। यसमा म धेरै सिक्छु पनि गल्तीहरु पनि गर्छु होला।’

प्रकाशित: Dec 04, 2021| 18:28 शनिबार, मंसिर १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।