मंगलबार, कात्तिक ११, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कांग्रेसको प्रदेश अधिवेशन : सुदूरपश्‍चिममा राति ९ बजेदेखि मतगणना सुरु हुने

कांग्रेसको प्रदेश अधिवेशन : सुदूरपश्‍चिममा राति ९ बजेदेखि मतगणना सुरु हुने

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको प्रदेश कार्यसमिति चयनका लागि शनिबार भएको मतदानमा मतगणना शनिबार राति ९ बजेदेखि गरिएको छ।
 |  शनिबार, मंसिर १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १८, २०७८

काठमाडौं- सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको प्रदेश कार्यसमिति चयनका लागि शनिबार भएको मतदानमा मतगणना शनिबार राति ९ बजेदेखि गरिएको छ। 

Kumaribank

बिहान ९ बजेबाट सुरु भएको मतदानमा दिउँसो ४ बजेर २० मिनेटमा मतदान सकिएको र १००३ मत खसेको नेपाली कांग्रेस कैलालीका प्रचारप्रसार समितिका संयोजक नृप सुनारले जानकारी दिए। 

प्रदेश अधिवेशनको व्यवस्थापन गरेको कैलाली कांग्रेसका प्रचारप्रसार समितिका संयोजक नृप सुनारका अनुसार मतगणना राति ९ बजेदेखि कैलाली कांग्रेसको पार्टी कार्यालयमा हुने भएको छ। 

धनगढीस्थित निर्माण व्यवसायी संघमा शनिबार दिउँसो भएको निर्वाचनमा कुल एक हजार २६ मतदातामध्ये १००३ मत खसेको सुनारले जानकारी दिए। प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्। 

संस्थापन पक्षबाट सभापतिमा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायर र इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्र प्रतिस्पर्धामा छन्। 

Metro Mart

प्रकाशित: Dec 04, 2021| 17:24 शनिबार, मंसिर १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।