सोमबार, फागुन २५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा तेस्रो व्यक्तिलाई पनि देखियो ओमिक्रोन भेरियन्टको संक्रमण

भारतमा तेस्रो व्यक्तिलाई पनि देखियो ओमिक्रोन भेरियन्टको संक्रमण

भारतमा तेस्रो व्यक्तिलाई पनि ओमिक्रोन भेरियन्टको संक्रमण देखिएको छ। जिम्बाबेबाट फर्किएका गुजरातको जामनगर बस्‍ने व्यक्तिमा पनि ओमीक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको गुजरातको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
 |  शनिबार, मंसिर १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १८, २०७८

नयाँ दिल्ली-  भारतमा तेस्रो व्यक्तिलाई पनि ओमिक्रोन भेरियन्टको संक्रमण देखिएको छ। जिम्बाबेबाट फर्किएका गुजरातको जामनगर बस्‍ने व्यक्तिमा पनि ओमीक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको गुजरातको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

National life

जामनगरका ७२ वर्षीय ती व्यक्तिमा बिहीबार कोभिड-१९ को संक्रमण पुष्टि भएपछि  जिनोम सिक्‍वेन्सिङका लागि पठाइएको थियो। जिनोम सिक्‍वेन्सिङ परीक्षणका क्रममा उनमा ओमीक्रोन पोजेटिभ रहेको पाइएको गुजरातका स्वास्थ्य आयुक्त जय प्रकाश शिभहारेले एनडीटीभीलाई जानकारी दिएका छन्। यसअघि भारतमा ४६ वर्षीय चिकित्सक र ६६ वर्षीय व्यक्तिमा ओमीक्रोन फेला परेको थियो। पूर्ण खोप लगाएका ४६ वर्षीय चिकित्सकको भने कुनै ट्राभल हिस्ट्री नभएको तर, ओमीक्रोन पोजेटिभ देखिएको थियो। 

भारतमा ओमीक्रोनको त्रास बढेसँगै सरकारले अन्तर्राष्ट्रिय विमानस्थलमा निगरानी र परीक्षणलाई तीव्रता दिएको छ। 

विश्‍व स्वास्थ्य संगठले ओमीक्रोन कति धेरै संक्रामक छ भन्‍ने विषयमा अध्ययन भइरहेको जनाएको छ। हाल विश्‍वभर अमेरिका, बेलायतसहित दुई दर्जनभन्दा बढी मुलुकहरुमा ओमीक्रोन भेरियन्ट फेला परिसकेको छ। 


प्रकाशित: Dec 04, 2021| 16:25 शनिबार, मंसिर १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।