नयाँ दिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अहिलेको सरकार विश्वको कुनै पनि देशको दबाबमा नआउने बताएका छन्।
भारतको उत्तराखण्डमा शनिबार दिल्ली-देहरादून आर्थिक करिडोरको शिलान्यास गर्दै प्रधानमन्त्री मोदीले भने, 'वान र्यांक-वान पेन्सन, आधुनिक अस्त्र-शस्त्र, भारतीय सेनालाई हतोत्साही गर्ने कसम खाएका आतंकवादीलाई मुतोड जवाफ दिने कुरा होस्, अहिलेको सरकार विश्वको कुनै पनि मुलुको दबाबमा आउन सक्दैन। सदैव प्रथमको मन्त्र अनुसार हामी अघि बढ्छौं।'
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार प्रधानमन्त्री मोदीले १८ हजार करोड रुपैयाँ लागतमा १८ वटा विकास परियोजनाको शनिबार शिलान्यास गरेका हुन्।
प्रधानमन्त्री मोदीले उत्तराखण्डमा सुरु गरिएका परियोजनाले यो दशकलाई उत्तराखण्डको दशकको रुपमा चिनाउनेसमेत बताएका छन्।
प्रधानमन्त्री मोदीले पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्मरण गर्दै भने, 'यस शताब्दिको सुरुवातमा अटलजीले भारतमा कनेक्टिभिटी बढाउने अभियान सुरु गरेका थिए। तर, १० वर्षसम्म मुलुकमा पूर्वाधारका नाममा घोटाला मात्र भयो। यस मुलुकलाई जुन नोक्सा भएको छ, त्यसको भरपाईका लागि अहिलेको सरकारले दुई गुणा मिहनेत गरिरहेको छ।'
आज भारत आधुनिक पूर्वाधारमा एक लाख करोड रुपैषाँभन्दा बढी लगानी गर्ने सोचबाट अगाडी गइसकेको छ।