बिहीबार, भदौ ४, २०८३

राप्रपा महाधिवेशन : मतदान प्रक्रिया सुरु

राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। बिहान ८ बजेदेखि नै तय भएको मतदान झण्डै चार घण्टा ढिलो गरी सुरु भएको हो। अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले पहिलो भोट खसालेका छन् ।
 |  शनिबार, मंसिर १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १८, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। बिहान ८ बजेदेखि नै तय भएको मतदान झण्डै चार घण्टा ढिलो गरी सुरु भएको हो। अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले पहिलो भोट खसालेका छन् ।

निर्वाचन अधिकृत राजु बस्नेतले मतदान प्रक्रिया सुरु भइसकेको बताएका छन्। बस्नेतले उम्मेदवारको नाम रुजु कार्यमा ढिलाई भएकाले केही ढिलोगरी मतदान सुरु भएको बताएका छन्।

राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन्। उनीहरु मत माग्न व्यस्त छन्।

चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ। पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र दुर्गादेवी श्रेष्ठको उम्मेदवारी परेको छ।

एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्तिकुमारी शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेदवारी परेको छ।

सदस्यमा एक सय ४१ मध्ये दुई सय ६४ जनाको उम्मेदवारी परेको छ। अध्यक्षको मतपत्र र पदाधिकारीसहित सदस्यको विद्युतीय मेसिनबाट गर्ने सहमति भएको बस्नेतले बताए।

प्रकाशित: Dec 04, 2021| 12:52 शनिबार, मंसिर १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...