काठमाडौं- नेपाली कांग्रेसको प्रदेश अधिवेशनअन्तर्गत लुम्बिनीमा मतदान प्रक्रिया सुरु भएको छ।
नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेबाट मतदान सुरु हुने भनिए पनि ढिलोगरी मतदान प्रक्रिया सुरु भएको हो। भैरहवास्थित महेन्द्र सभागृहमा मतदान भइरहेको निर्वाचन समितिका संयोजक डा. बुद्धबहादुर थापाले बताए।
उनले मतदान शान्तिपूर्ण रुपमा भइरहेको बताएका छन्। लुम्बिनी प्रदेशमा संस्थापन र संस्थापन इतर दुबै पक्ष चुनावी प्रतिस्पर्धामा छन्।
संस्थापन पक्षबाट संघिय संसदको सार्वजनिक लेखा समितिका संयोजक भरतकुमार शाह र संस्थापनइतरबाट संविधानसभा सदस्य तथा रोल्पाका निवर्तमान जिल्ला सभापति अमरसिंह पुन प्यानलसहित चुनावी मैदानमा छन्।