काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। विराटनगरमा शनिबार पत्रकार सम्मेलन गर्दै आचार्यले आसन्न महाधिवेशनमा आफू उपसभापतिको उम्मेदवार बन्ने घोषणा गरेका हुन्।
उनले कांग्रेसको विधान, नीति र प्रशिक्षणहरूको नेतृत्व गर्न आफू उपसभापति पदमा उम्मेदवारी दिन लागेको बताए। 'कांग्रेर वैचारिक हिसाबले विचारशून्य बन्दै गएको छ। पार्टीमा सैद्धान्तिक-वैचारिक छलफल हुन छोडेको बताए। त्यसैको अन्त्यका लागि उपसभापतिमा मेरो उम्मेदवारी हो,' पूर्व मन्त्रीसमेत रहेका आचार्यले भने।
उनले पार्टीमा प्रदूषित निर्वाचन प्रणाली मात्र हाबी भएको बताउँदै सैद्धान्तिम-वैचारिक छलफल हुन छोडेको आरोप लगाए। जसले गर्दा पार्टीलाई सुन्यताको अवस्थामा धकेलेको उनको भनाइ छ।