बिहीबार, भदौ ४, २०८३

कांग्रेस गण्डकी प्रदेश कार्यसमितिमा सात जना निर्विरोध

नेपाली कांग्रेस गण्डकी प्रदेशको जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन्।
 |  शनिबार, मंसिर १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १८, २०७८

काठमाडौं- नेपाली कांग्रेस गण्डकी प्रदेशको जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन्।

प्रदेश कार्यसमितिका लागि भुगोल तर्फबाट सदस्यमा उम्मेदारी दिएका मनाङका विनोद गुरुङ र चिउडे लामा निर्विरोध भएका हुन्। कांग्रेस विधान अनुसार प्रदेश कार्यसमितिका लागि एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको जिल्लाबाट अनिवार्य एक महिला सहित दुई जना सदस्य रहने व्यवस्था छ।

सोही अनुसार मनाङबाट पुरुषतर्फ गुरुङ र महिलातर्फ लामा निर्विरोध निर्वाचित भएका हुन्। मनाङसहित प्रदेश कार्यसमिति सदस्यमा उम्मेदारी दिएका मुस्ताङ तनहुँ र पर्वतका गरी सात जना निर्विरोध निर्वाचित भएका हुन्।

मुस्ताङबाट भुगोलतर्फ पुष्पा भट्टचन शेरचन र सुवर्णकुमार विष्ट निर्विरोध निर्वाचित भएका हुन्। यसैगरी भुगोल तर्फकै प्रदेश कार्यसमितिमा उम्मेदारी दिएका तनहुँका मायादेवी राना आले र लक्ष्मीप्रसाद आचार्य पनि निर्विरोध निर्वाचित भएका हुन्।

भुगोल महिलातर्फबाट उम्मेदारी दिएकी पर्वतकी मिनाकुमारी केसी पनि निर्विरोध निर्वाचित भएको नेपाली कांग्रेस गण्डकी निर्वाचन समितिले जनाएको छ। निर्विरोध निर्वाचित बाहेक अन्य उम्मेदारका लागि शनिबार मतदान हुँदैछ।

प्रकाशित: Dec 04, 2021| 10:30 शनिबार, मंसिर १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...