शनिबार, माघ ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • लिगमा आज दुई खेल : च्यसललाई एनआरटीको दबाब, तेस्रो जितको खोजीमा मनाङ

लिगमा आज दुई खेल : च्यसललाई एनआरटीको दबाब, तेस्रो जितको खोजीमा मनाङ

सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणको खेलअन्तर्गत शनिबार दुई खेल हुँदैछन्। शनिबार दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा संकटा क्लबले उपाधि दाबेदार मनाङको सामना गर्नेछ।
 |  शनिबार, मंसिर १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १८, २०७८

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणको खेलअन्तर्गत शनिबार दुई खेल हुँदैछन्। शनिबार दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा संकटा क्लबले उपाधि दाबेदार मनाङको सामना गर्नेछ।

National life

मनाङले दुवै खेलमा जित निकालेको छ। उसले पहिलो खेलमा  जवलाखेललाई हराएका थियो भने दोस्रो खेलमा हिमालयन शेर्पालाई हराएको थियो। दुवै टिमले मनाङलाई कडा चुनौती दिएका थिए।

दुवै खेलमा मनाङले एक-एक गोल गर्न सफल भएको छ। उद्यपी दुई खेलमा लगातार जित निकालेर ६ अंक बनाउने एलो टिम मनाङ मात्र हो। 

त्यसैले मनाङका प्रशिक्षक राजेन्द्र तामाङ आजको खेलमा पनि जितको लक्ष्यका साथ मैदान उत्रने बताउँछन्। ‘हामीले प्रेसिङ, प्लेयर्स मार्किङ र कम्प्याक्टनेसमा ध्यान दियौँ भने तीन अंक पाउन सक्नेछौं, ’ प्रशिक्षक तामाङले भने, ‘उसको राम्रो लेफ्ट फुटेड खेलाडी राम्रो छन्। लिगको टेबलमा टपमा रेगुलर गर्नका लागि सहयोग हुन्छ। हामीले अट्याक र डिफेन्स बराबरी गर्नुपर्छ।’

संकटा सेट पिसमा ध्यान दिने टिम हो। संकटाबारे मनाङले रणनीति बनाइसकेको छ।  पछिल्लो खेलहरूमा उसले धेरै कर्नर पाएको छ। त्यस्तै संकटाले विंगमा ध्यान दिइरहेको छ। त्यसलाई रोक्न प्रशिक्षक तामाङ तयार रहेको बताउँछन्।

Laxmi sunrise bank
kumari

यता संकटाका सहायक प्रशिक्षक राज कुमार केसीले मनाङलाई बलियो र आफूलाई कमजोर भन्न नमिल्ने बाउँछन्। ‘मनाङ पेपरमा केही बलियो होला तर हामीले संकटालाई पनि बलियो देखेका छौं।’

‘एक हप्तामा हामीले विपक्षीको बारेमा धेरै अध्ययन गरेका छौं। पछिल्लो दुई खेलमा हामीले राम्रो नै गरिरहेका छौं। हामी तीन अंकका लागि खेल्नेछौं,’ संकटाका प्रशिक्षक केसी ले भने।

आजै पौने पाँच बजे हुने खेलमा भने च्यासल यूथ क्लबले न्यु रोड टिम (एनआरटी) को सामना गर्नेछ। एनआरटीले अहिलेसम्म जित निकाल्न सकको छैन। त्यसैले उसलाई अर्को खेलमा जित निकाल्न दबाब हुनेछ।

न्यु रोड टिमका प्रशिक्षक राजुकाजी शाक्यलेले सबै टिम बराबरी रहेको र प्रदर्शन एकैनासको नभएको बताउँछन्। उनले भने, ‘अहिलेको सबै टिम राम्रो छ। सबैको प्रदर्शन तलमाथि भइरहेको पनि छ। तीन खेलपछि चाहिँ केही बाटो देखिएला।’

उनले यो खेलमा तीन अंककै लागि खेल्ने पनि बताएका छन्।

च्यासलका खेल एनालिस्ट गौरव फुयाँल अहिले खेलाडीमा आत्मविश्वास भरिएको बताएका छन्। अहिले टिममा जितको मेन्टालिटीले भरिएको छ। उनले भने, ‘पहिलो खेल हारेपछि दबाब थियो। तर दोस्रो खेलमा जित निकालेपछि आत्मविश्वास बढेको छ। लगभग सबै खेलाडी फिट छन्।’

च्यासलमा टिममा भएका विकास मेराग्लिसया इटालिनय खेलाडी हुन्। उनीप्रति सबैको आशा उच्च छ। ‘विकास अहिले १७ वर्षको मात्र भएको छ। अनि लिगमा पनि दुई चरण मात्र सकिएको छ। अभ्यासमा राम्रो भएको छ,’ फुयाँलले भने, ‘ऊ  आउँदा नै उसको मनोबल उच्च थियो। खेल्नकै लागि आएको हो। बाहिरबाट अफर भए पनि ऊ नेपाल आएको हो।’

अहिले न्युरो टिमको १ अंक छ भने च्यासलको ३ अंक छ।

प्रकाशित: Dec 04, 2021| 08:26 शनिबार, मंसिर १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।