मंगलबार, कात्तिक ११, २०८२

सुदूरपश्चिम कांग्रेस प्रदेश सदस्यमा तीन जना निर्विरोध

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्यमा तीन जना निर्विरोध चयन भएका छन् । कैलालीकी पुष्पा भट्ट, डडेल्धुराका तिलकराज जोशी र निर्मला बोगटी विष्ट निर्विरोध चयन भएका हुन्।
 |  शनिबार, मंसिर १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १८, २०७८

काठमाडौं- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्यमा तीन जना निर्विरोध चयन भएका छन् । कैलालीकी पुष्पा भट्ट, डडेल्धुराका तिलकराज जोशी र निर्मला बोगटी विष्ट निर्विरोध चयन भएका हुन्।

Kumaribank

शुक्रबार उम्मेदवारहरूको मनोनयन दार्तामा भूगोलमा सदस्यमा बढी उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचन अधिकृत वीरबहादुर जेठाराले जिल्ला भूगोलतर्फ तीनै जना सदस्य निर्वाचित भएको बताए।

अन्य पदाधिकारीमा भने शनिबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने कार्यक्रम तालिका रहेको छ। 

अन्य पदमा भने द्विपक्षीय चुनावी प्रतिस्पर्धा हुने भएको छ। कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिका लागि संस्थापन र इतर पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन्। 

सभापतिमा संस्थापन अर्थात् शेरबहादुर देउवा पक्षबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरको उम्मेदवार दर्ता भएको छ।

Metro Mart

यस्तै संस्थापन इतर पक्षबाट कैलालीका पूर्व जिल्ला विकास समितिका सभापति नारायणदत्त मिश्रको उम्मेदवारी छ।

प्रकाशित: Dec 04, 2021| 07:20 शनिबार, मंसिर १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।