शनिबार, माघ ३, २०८२

रत्न, नवीन, प्र फुल र दीपेश बाह्रबिसे कपको सेमिफाइनलमा

सिन्धुपाल्चोकको बाह्रबिसेमा जारी बाह्रबिसे कप ब्याडमिन्टन २०७८ खुल्ला राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ।
 |  शनिबार, मंसिर १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १८, २०७८

काठमाडौं- सिन्धुपाल्चोकको बाह्रबिसेमा जारी बाह्रबिसे कप ब्याडमिन्टन २०७८ खुल्ला राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ।

National life

मंसिर १५ देखि सुरु भएको प्रतियोगितामा पुरुष एकलतर्फ सेनाका रत्नजित तामाङ, नवीन श्रेष्ठ र प्र फुल महर्जन तथा एपीएफका दिपेश धामी अन्तिम चारमा प्रवेश गर्न सफल भएका छन्।

रत्नले नेपाल पुलिसका दीपक बोहरालाई २१–६,२१–१० ले पराजित गर्दै सेमिफाइनलमा प्र फुल महर्जनसँगको भेट पक्का गरे। महर्जनले एपीएफका साजन कृष्ण ताम्राकारलाई २१–१७, २१–१४ को सेटमा पराजित गरे। अर्को खेलमा सेनाका नवीन श्रेष्ठले सेनाकै रुकेश महर्जनमाथि २१–१२, २१–१५ को जित निकाले।

नवीनले अव फाइनल प्रवेशका लागि एपीएफका दिनेश धामीसँग प्रतिस्पर्धा गर्ने छन्। धामीले पुलिसका विष्णु कटुवाललाई २१–१०, २१–१४ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन्।

पुरुष युगलतर्फ सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडीले अन्तिम चारमा स्थान बनाएका छन्। महर्जन र लिनथेपको जोडीले बालकुमारी रिमिक्सका दिप्रिस मुनी बज्राचार्य र सुमन शाक्यको जोडीलाई २१–१३, २२–२० को सेटमा पराजित गर्दै सेमिमा स्थान बनाएका हुन्।

Laxmi sunrise bank
kumari

अब यो जोडीले बुटवलका सुशील गिरी र विवेक न्यौपानेको जोडीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्। गिरी र न्यौपानेको जोडीले साइनो स्पोर्टस् हलका अभिषेक बोस र सुजन थापाको जोडीलाई २८–२६, २१–१६ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन्।

यस्तै सेमिफाइनल प्रवेश गर्ने अर्को जोडीमा कास्कीका विधान अधिकारी र विशाल खड्काको जोडी रहेका छन्। सो जोडीले एपीएफका एसिया जवेगु र नवीन सिलवालको जोडीलाई २२–२०, १२–२१, २१–१६ को सेटमा पराजित गर्दै सेमिफाइनलमा बालकुमारी रिमिक्सका ससिन डङ्गोल र सुमित महर्जनको जोडीसँग प्रतिस्पर्धा गर्नेछन्।

डङ्गोल र महर्जनको जोडीले बाह्रबिसेका अभिषेक गुरुङ र त्रिपुरासुन्दरीका आशिष् तामाङको जोडीलाई २१–१८, १३–२१, २१–१४ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन्।

सिल्क ग्रुपको प्रायोजन, बाह्रबिसे नगरपालिकाको सहयोग तथा खुर्सानीबारी खेलकुद कभर्डहलको आयोजनामा भएको प्रतियोगितामा महिला एकल तर्फ सेनाकी अमिता गिरीले सेनाकै रोज पाण्डेलाई २१–१४, २१–१० ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरिन्। अब अमिताले फाइनल प्रवेशका लागि पुलिसकी निता लम्सालको सामना गर्ने छिन्।

लम्सालले एपीएफकी शोभा गौचनलाई २१–७, २१–१२ ले पराजित गरिन्। अर्को खेलमा सेनाकी रसिला महर्जनले एपीएफकी सुनैना मुखियालाई २१–९, २१–१० ले पराजित गर्दै सेमिफाइनलमा सेनाकै अनुमाया राईसँगको भेट पक्का गरिन्।

राईले सेनाकै प्रेक्षा राईलाई २१–११, २१–१३ ले पराजित गर्दै सेमिफाइनल पुगेकी हुन्। प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेल भोलि शनिवार सम्पन्न हुने प्रतियोगिताका रेफ्रि अनुप रत्न शाक्यले जानकारी गराएका छन्।

प्रतियोगितामा शीर्ष तीनस्थान हात पार्ने खेलाडीहरूले क्रमशः पुरुष एकलतर्फ १ लाख २५ हजार, ६५ हजार र ३० हजार पाउनेछन्। त्यस्तै, महिला एकलतर्फ ५० हजार, २५ हजार र १२ हजार ५ सय पाउने छन्। पुरुष युगलतर्फ १ लाख, ५० हजार र २५ हजारका साथै जिल्लास्तरिय युगलतर्फ र भेट्रान्स युगलतर्फका खेलाडीले गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।

प्रकाशित: Dec 04, 2021| 06:59 शनिबार, मंसिर १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।