मंगलबार, कात्तिक ११, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सुदूरपश्चिम कांग्रेस अधिवेशनमा बलायर र मिश्रले दिए प्यानलसहित उम्मेदवारी

सुदूरपश्चिम कांग्रेस अधिवेशनमा बलायर र मिश्रले दिए प्यानलसहित उम्मेदवारी

देउवा समूहबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायर उम्मेदवार बनेका छन् भने कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रले पौडेल पक्षबाट उम्मेदवारी दिएका हुन्।
 |  शुक्रबार, मंसिर १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १७, २०७८

धनगढी- नेपाली कांग्रेस सुदूरपश्चिम सभापतिका लागि पार्टीका केन्द्रीय सभापतिका शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्ष प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्। देउवा समूहबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायर उम्मेदवार बनेका छन् भने कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रले पौडेल पक्षबाट उम्मेदवारी दिएका हुन्। 

Kumaribank

सबैको जोड प्रदेश सभापति लड्नुपर्छ भन्ने भएपछि आफू सभापतिको उम्मेदवार बनेको बलायरले बताए। ‘काँग्रेसको नाममा सूर्यमा भोट हाल्ने प्रवृत्ति अन्त्य गर्न र सुदूरपश्चिममा कांग्रेसको संगठनलाई शसक्त बनाउन मेरो उम्मेदवारी हो,’ बलायरले भने। 

सहमतिमै प्रदेश कार्यसमिति गठन गर्नेबारे संस्थापन र इतर समूहका नेताहरुबीच बिहीबारदेखि नै छलफल भइरहेको थियो। तर भागभण्डामा कुरा नमिलेको भन्दै संस्थापन इतर पक्षले उम्मेदवारको सूची सार्वजनिक गरेपछि देउवा पक्ष पनि प्यानलसहित चुनावमा होमिएको हो।

बिहान ८ देखि १० बजेसम्मका लागि मनोनयन दर्ताको समय तोकिए पनि सहमतिको प्रयास गर्ने भन्दै २ बजेसम्मका लागि प्रक्रिया सारिएको थियो। समहति नभएपछि देउवा र पौडेल पक्षले प्यानल बनाएर मनोनयन दर्ता गराएका हुन्। 

प्रकाशित: Dec 03, 2021| 19:21 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।