बुधबार, भदौ ३, २०८३

स्नातकमा ग्रामीण विकास पढ्ने नायिका करिस्माको रहर

‘म अब ग्रामीण विकास लिएर पढ्ने इच्छा छ’, उनले भनिन्, ‘यही कलेज (किटनी कलेज)मा ग्रामीण विकास छ कि छैन। बुझ्नुपर्नेछ।’
 |  शुक्रबार, मंसिर १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १७, २०७८

काठमाडौं- नायिका करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन्। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा उनी उत्तीर्ण भएकी हुन्। 

आफू कक्षा १२ उत्तीर्ण भएको करिश्माले जानकारी दिइन्। ‘म दुईवटा विषयमा ए प्लस ल्याएँर पास भएँ,' उनले भनिन्, ‘तर, समग्रमा मेरो २.४१ जीपीए आएको छ।’ 

गोदावरीस्थित किटनी कलेजबाट कक्षा १२ उत्तीर्ण गरेकी उनी अब ग्रामीण विकास विषय लिएर स्नातक अध्ययन गर्ने तयारीमा रहेको बताइन्।

‘म अब ग्रामीण विकास लिएर पढ्ने इच्छा छ’, उनले भनिन्, ‘यही कलेज (किटनी कलेज)मा ग्रामीण विकास छ कि छैन। बुझ्नुपर्नेछ।’

किटनीमा ग्रामीण विकास विषय नभए कलेज परिवर्तन गर्ने उनको भनाइ छ। 

यस्तै गायिका रचना रिमाल पनि कक्षा १२ उत्तीर्ण भएकी छन्। उनले ३.४४ जीपीए ल्याएको जानकारी दिएकी छन्। 

प्रकाशित: Dec 03, 2021| 18:47 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।