बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बनाउँदै काउन्सिल

ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बनाउँदै काउन्सिल

ज्येष्ठ नागरिकका सम्बन्धमा कतिपय मिडियामा अपमानजनक भाषा प्रयोग भइरहेको भन्दै काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको पछिल्लो बोर्ड बैठकले ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बनाउने निर्णय गरेको काउन्सिल प्रवक्ता दीपक खनालले जानकारी दिए।
 |  शुक्रबार, मंसिर १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १७, २०७८

काठमाडौं- प्रेस काउन्सिल नेपालले ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बनाउने भएको छ। काउन्सिलले शुक्रबार विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार ज्येष्ठ नागरिकबारे आमसञ्चार माध्यममा सम्मानजनक भाषा प्रयोग र एकरूपता कायम गर्न निर्देशिका बनाउन लागिएको हो। 

ज्येष्ठ नागरिकका सम्बन्धमा कतिपय मिडियामा अपमानजनक भाषा प्रयोग भइरहेको भन्दै काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको पछिल्लो बोर्ड बैठकले ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बनाउने निर्णय गरेको काउन्सिल प्रवक्ता दीपक खनालले जानकारी दिए। 

उनका अनुसार निर्देशिका निर्माणका लागि काउन्सिलका बोर्ड सदस्य गोपाल बुढाथोकीको संयोजकत्वमा ठाकुरप्रसाद बेलबासे र वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल सदस्य रहेको कार्यदल बनाइएको छ। जसले एक महिनाभित्र निर्देशिका मस्यौदा तयार गर्नेछ।

विज्ञप्ति :

प्रेस काउन्सिल नेपालले ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिकाको तयारी गरेको छ। ज्येष्ठ नागरिकबारे आमसञ्चार माध्यममा सम्मानजनक भाषा प्रयोग र एकरुपता कायम गर्न निर्देशिका बन्न लागेको हो। ज्येष्ठ नागरिकका सम्बन्धमा कतिपय मिडियामा अपमानजनक भाषा प्रयोग भइरहेको सन्दर्भमा निर्देशिका बनाउन लागिएको हो। काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको काउन्सिलको पछिल्लो बोर्ड बैठकले निर्देशिका निर्माणका लागि कार्यदल समेत गठन गरेको छ।

काउन्सिलका बोर्ड सदस्य गोपाल बुढाथोकीको संयोजकत्वमा बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासे र वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल सदस्य रहेको कार्यदलले एक महिनाभित्र निर्देशिका मस्यौदा तयार गर्नेछ। कार्यदलले राष्ट्रिय ज्येष्ठ नागरिक महासंघसहितका सरोकारवाला निकायसँग सुझाव लिई उक्त काम गर्नेछ।

प्रेस काउन्सिल नेपालले मिडियामा प्रयुक्त हुने भाषालाई मर्यादित बनाउन विभिन्न निर्देशिका जारी गरी कार्यान्वयनमा ल्याइसकेको छ। यसअघि बालमैत्री सञ्चार निर्देशिका, २०७३, अपाङ्गतामैत्री सञ्चार निर्देशिका, २०७३ र महिला उत्तरदायी सञ्चार निर्देशिका, २०७६ जारी भई कार्यान्वयनमा आएका छन्। आचारसंहिता र निर्देशिकामा तोकिएका मापदण्डअनुसार भाषा प्रयोग भए, नभएको नियमित रूपमा अनुगमन/ध्यानाकर्षण हुँदै आएको छ।

यसैबीच प्रेस काउन्सिल नेपालले लोककल्याणकारी विज्ञापन प्रकाशन र प्रसारणमा समेत ज्येष्ठ नागरिकमैत्री सन्देश प्रवाह गर्न सम्बद्ध निकायलाई पत्राचार गरेको छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको सझाव समेतका आधारमा यस्ता सन्देश विज्ञापन बोर्डलाई पठाइएको हो।

दीपक खनाल 

वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता

प्रकाशित: Dec 03, 2021| 21:30 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।