बुधबार, भदौ ३, २०८३

आगलागीबाट ७० लाख बराबरको क्षति

सुनसरीको धरान उपमहानगरपालिका-६ मा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
 |  शुक्रबार, मंसिर १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १७, २०७८

सुनसरी- सुनसरीको धरान उपमहानगरपालिका-६ मा आगलागी  हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। पानबारीस्थित लिम्बूचैरीका रामबहादुर खड्काको दुई तले काठको घर पूर्ण रूपमा जलेर नष्ट भएको हो। 

आगलागीको कारण नखुले पनि विद्युतीय सर्टका कारण आगलागी भएको हुनसक्ने इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए। उनका अनुसार श्रीमान् श्रीमती घरको भुइँ तलामा रहेका बेला अकस्मात् आगलागी सुरू भएको थियो। 

घरमा भएको सुनचाँदी, लत्ताकपडा, खाद्यान्न सम्पूर्ण सामान जलेको प्रहरीले बताएको छ। घर पूर्णरुपमा जल्दा करिब ७० लाख रुपैयाँ बराबरकाे क्षति भएको प्रारम्भिक अनुमान गरिएको धरान प्रहरीले जनाएको छ।  आगो नियन्त्रणका लागि धरान उपमहानगरपालिकाको दुईवटा दमकल, नेपाली सेना, प्रहरी र स्थानीयवासीको सक्रियतामा निभाइएको थियो। 

प्रकाशित: Dec 03, 2021| 22:10 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।