मंगलबार, असोज २७, २०८३

कट्रिना र विक्कीको विवाहका सहभागीले फोटो खिच्न नपाउने, यस्तो छ कारण

उनीहरुको विवाहलाई लिएर विभिन्न विषयमा बलिवुडमा चर्चा हुन थालेको छ।
 |  शुक्रबार, मंसिर १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १७, २०७८

मुम्बई- बलिउड कलाकार कैटरीना कैफ र विक्की कौशल पछिल्लो समय आफ्नो विवाहका कारण चर्चामा छन्। उनीहरुको विवाहलाई लिएर विभिन्न विषयमा बलिवुडमा चर्चा हुन थालेको छ। 

यो जोडीको वैवाहिक कार्यक्रम ७ डिसेम्बरबाट सुरु हुने तय गरिएको छ। डिसेम्बर ९ मा राजस्थानको सवाई माधोपुरको एक आलिसन होटलमा विवाहको मुख्य कार्यक्रम छ। विवाहका लागि होटलदेखि विवाहमा लगाइने कपडासम्मको तयारी भइसकेको छ। 

विक्की र कैटरीनाले आफ्नो विवाहलाई गोप्य राख्नका लागि विवाहमा आउने पाहुनालाई केही नियम बनाएका छन्। यो जोडीको विवाहमा आउने जो कोही पाहुनाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुपर्नेछ। 

सम्झौता अन्तर्गत विवाहमा आउनेले फोटो र भिडियो खिच्न पाउने छैनन्। सामाजिक सञ्जालमा भिडियो र फोटो हाल्न पाउने छैनन्। विवाहको मेनुको बारेमा शेयर गर्न पनि बन्देज लाग्ने गरी हस्ताक्षर गराइनेछ। वैवाहिक कार्यक्रममा सहभागी भएको अवस्थामा फोनमा कुराकानी गर्न पनि पाइनेछैन। 

प्रश्न उठ्छ यस्तो कठोर नियम उनीहरूले किन बनाए त? आफ्नो विवाहको फोटो तथा भिडियो अन्तर्राष्ट्रिय म्यागजिनलाई आफूले चाहेको रकममा बेच्नका लागि उनीहरूले यस्तो नीति अख्तियार गरेको बताइएको छ। यसअघि प्रियंका चोपडा र निक जोन्सले पनि आफ्नो विवाहको फोटो पिपल म्यागेजिनलाई ठूलो रकममा बिक्री गरेका थिए।

प्रकाशित: Dec 03, 2021| 14:58 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।