मंगलबार, वैशाख ९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सुदूरपश्चिम : आकांक्षीको संख्या बढेपछि सर्वसम्मत बनाउन निर्वाचन कार्यतालिका हेरफेर

सुदूरपश्चिम : आकांक्षीको संख्या बढेपछि सर्वसम्मत बनाउन निर्वाचन कार्यतालिका हेरफेर

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका हेरफेर गरिएको छ।
 |  शुक्रबार, मंसिर १७, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १७, २०७८

vianetvianet

धनगढी– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका हेरफेर गरिएको छ। निर्वाचन प्रक्रिया बिहानबाट सुरु हुने भनिए सर्वसम्त नेतृत्व चयन गर्ने भर्दै कार्य तालिका हेरफेर गरिएको हो। 

triton college

काँग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्र हिजो धनगढीमा सुरु भएको थियो। सर्वसम्मत नेतृत्व चयनका लागि नेताहरुले समय माग गरेपछि बिहान ८ बजेका लागि तय भएको मनोनय दर्ता लगायतको निर्वाचन तालिका हेरफेर गरिएको प्रचारप्रसार समितिका संयोजक नृपबहादुर सुनारले बताए। 

‘आज बिहान ८ बजेदेखि मनोनयन दर्ता हुने कार्य तालिका तय भएको थियो’ प्रचारप्रसार संयोजक नृपबहादुर सुनारले भने, ‘नेताहरुले सर्व सहमतिमा नेतृत्व चयनका लागि समय माग गरेपछि कार्यतालिका हेरफेर गरीएको हो।’

सुनारले २ बजेसम्म  सहमतिको प्रयास गरिने र सहमति भए÷नभए पनि २ बजेबाट मनोनयन पत्र दर्ता प्रक्रिया सुरु हुने बताए। मनोनयन पत्र दर्ताको समय दिउँसो २ बजेदेखि ४ बजेसम्म, मनोनयन पत्रमाथि दाबी विरोध गर्ने समय साढे ४ देखि ५ बजेसम्म, उम्मेदवारको नाम प्रकाशन गर्ने समय साढे ५ बजेसम्म, उम्मेदवारी फिर्ता लिने समय साढे ५ देखि साढे ६ बजेसम्म र साढे ७ बजे अन्तिम नामावली प्रकाशनको समय तय गरिएको छ। मतदान शनिबार बिहान ८ बजेदेखि गर्ने कार्यसूची छ।

संस्थापन इतरबाट नारायण मिश्र थपिए 

National life insurance

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको नेतृत्वका लागि आकांक्षीको संख्या थपिँदै गएको छ। हिजोसम्म संस्थापन पक्षका नेता मात्र सभापतिको दौडमा भए पनि निर्वाचन तालिका सार्वजनिक भएसँगै संस्थापन इतरबाट पनि नेतृत्वका लागि दौड सुरु भएको छ।

संस्थापन इतर पक्षबाट कैलालीका नारायणदत्त मिश्रले सभापतिमा उम्मेदवारी दिने बताएका छन्। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नै सभापतिमा उम्मेदवारी दिन मिश्रलाई मनाएको नाम नबताउने सर्तमा नेपाली कांग्रेसका एक नेताले बताए। बिहीबारसम्म संस्थापन इतरबाट गोपाल गुरुङलाई सभापतिमा उठाउने चर्चा थियो। 

कांग्रेस नेता नारायणदत्त मिश्र

संस्थापन पक्षबाट प्रदेश सभापतिका लागि यसअघि नै कैलाली जिल्ला सभापति नरनारायण शाह ‘मनु’, पूर्वपरराष्ट्र राज्यमन्त्री अर्जुनजंगबहादुर सिंह, पूर्वसञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाह, नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष पुष्प शाही, सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्दबहादुर बोहरा, कैलाली क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि हिमबहादुर रावलले उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। 

पूर्वमन्त्री बलायरलाई सभापति बनाउने दौडमा नेताहरु

सभापतिका लागि आकांक्षीहरुको संख्या थपिँदै गर्दौ पार्टी सभापति देउवा पक्षका नेताहरु भने पूर्वमन्त्री वीरबहादुर बलायरलाई सर्वसम्मत सभापति बनाउन छलफलमा सक्रिय छन्।

बलायर, कैलालीका सभापति शाह र सुदूरपश्चिम प्रदेशसभा सदस्य बोहरामध्येबाट एक जनालाई सर्वसम्मत रुपमा सभापति बनाउने छलफल चलिरहेको एक नेताले बताए।

प्रमुख दाबेदारका रुपमा देखिएका तीनै जना पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन्। आकांक्षी मध्येका देउवा पक्षकै पूर्व राज्यमन्त्रीद्वय सिंह र शाहले पनि अहिलेसम्म आफ्नो अडान फिर्ता नलिएको एक नेताले बताए।

उम्मेदवार दस्तुर तोकियो

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश निर्वाचन समिति कैलालीका अनुसार सभापतिका लागि उम्मेदवारी दस्तुर पन्ध्र हजार तोकिएको छ। उप–सभापतिका, महामन्त्री र सह–महामन्त्रीका लागि एघार हजार उम्मेदवारी दस्तुर तोकिएको छ भने सदस्यका लागि पाँच हजार दस्तुर तोकिएको निर्वाचन समिति संयोजक वीरबहादुर जेठाराले बताए।


प्रकाशित: Dec 03, 2021| 13:00 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।