बिहीबार, चैत १२, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • क्रोएसिया सेमिफाइनलमा प्रवेश, आयोजक रुसको विश्‍वकप यात्रा टुंगियो

क्रोएसिया सेमिफाइनलमा प्रवेश, आयोजक रुसको विश्‍वकप यात्रा टुंगियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- जारी विश्‍वकपमा क्रोएसियाले रुसलार्इ पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का बनाएको छ। 

क्रोएसिया सेमिफाइनल प्रवेशसँगै आयोजक रुसको विश्वकप यात्रा सकिएको छ। रुसका लागि फर्नान्डेजले पेनाल्टी मिस गर्दा पराजय व्यहोर्नुपर्‍यो । 

निर्धारित ९० मिनेटको खेलमा बराबर १-१ गोल भएपछि थपिएको ३० मिनेटमा क्रोएसिया र रुसले थप १-१ गोल गरे। खेलको पहिलो ९० मिनेट र थपिएको ६ र ३० मिनेटमा पनि कुनै निर्णायक गोल हुन नसक्दा पेनाल्टी सुटआउटबाट खेलको अन्तिम निर्णय गरिएको थियो। 

थपिएको ११ औं मिनेटमा क्रोएसियाका लागि भिडाले गोल गरेका थिए । उक्त अग्रता जोगाउन नसक्दा रुसका लागि फर्नान्डेजले २५ औं मिनेटमा गरेको गोलले क्रोएसियासँग २-२ को बराबरी हुन पुग्यो । 

त्यसअघि पहिलो हाफमा खेलको ३१ औं मिनेटमा जर्सी नम्बर ६ का खेलाडी चेरीसेभले पहिलो गोल गरेका थिए।

रुसले अग्रता जोगाउन नसक्दा क्रोएसियाका लागि जर्सी नम्बर ९ का खेलाडी क्रमरिकले रुसविरुद्ध पहिलो गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। 

अब सेमिफाइनलमा क्रोएसियाले इंग्लयान्डको  सामना गर्नुपर्नेछ ।

प्रि–क्‍वार्टरफाइनलमा स्पेनलाई पाखा लगाएको रुस र डेनमार्कलाई हराएको क्रोएसियाबीचको खेल नेपाली समय अनुसार शनिबार ११:४५ बजे सोचीस्थित ओलम्पिक स्टेडियममा शुरु भएको थियो।

सन् १९६६ मा तत्कालीन सोभियत संघको रुपमा चौथो बनेको रुस समग्रमा दोस्रो पटक क्वार्टरफाइनल खेलेको हो। क्वार्टरफाइनल पुग्नका लागि रुसले ठूलै चमत्कार गरेको थियो। समूह चरणमा दुई जित हात पारेको रुसले प्रि–क्वार्टरफाइनलमा दाबेदारमध्येको एक स्पेनलाई पेनाल्टी सुटआउटमा पन्छाउँदै क्वार्टरफाइनलमा पुगेको थियो ।

सन् १९९८ पछिकै सबैभन्दा बलियो टिम मानिएको क्रोएसियाले भने उत्कृष्ट प्रदर्शन गरेको थियो। समूह चरणमा अर्जेन्टिनालाई निरीह बनाउँदै विजेता बनेको क्रोएसियाले सनसनीपूर्ण प्रिक्वार्टरफाइनलमा डेनमार्कलाई पाखा लगाउँदै रुससँगको भेट पक्का गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।