बुधबार, भदौ ३, २०८३

गाडीको ठक्करबाट २५ वर्षीय युवकको मृत्यु

कैलालीमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। धनगढी-अत्तरिया ६ लेन सडकखण्डअन्तर्गत गोदावरी नगरपालिका -१ स्थित मनहरा पुल नजिक नम्बर नखुलेको गाडीले अन्दाजी २५ वर्षीय युवकलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो।
 |  शुक्रबार, मंसिर १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १७, २०७८

धनगढी- कैलालीमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। धनगढी-अत्तरिया ६ लेन सडकखण्डअन्तर्गत गोदावरी नगरपालिका -१ स्थित मनहरा पुल नजिक नम्बर नखुलेको गाडीले अन्दाजी २५ वर्षीय युवकलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो। 

प्रहरीले मृतक युवको पहिचान खुल्न नसकेको जनाएको छ। गाडीको ठक्करबाट घाइते युवकलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृतक घोषणा गरेका थिए।

गाडी तथा चालकको खोजी कार्य भइरहेको कार्यालयका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

प्रकाशित: Dec 03, 2021| 12:01 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।