आइतबार, असार २१, २०८३

नेपालले भारतमा खेल्ने भनिएको 'फोर नेसन्स कप' स्थगित

छिमेकी देश भारतले आयोजना गर्ने फोर नेसन्स कप स्थगित भएको छ। भारतले नेपालसहित चार देशको प्रतियोगिता आयोजना गर्न लागेको थियो।
 |  शुक्रबार, मंसिर १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १७, २०७८

काठमाडौं- छिमेकी देश भारतले आयोजना गर्ने फोर नेसन्स कप स्थगित भएको छ। भारतले नेपालसहित चार देशको प्रतियोगिता आयोजना गर्न लागेको थियो।

तर कोरोनाभाइरसको नयाँ प्रजाति 'ओमिक्रोन' को कारण यात्रामा असुरक्षा हुने भन्दै आयोजक भारतले प्रतियोगिता स्थगित गरेको हो।

यसअघि फोर नेसन्स कप आउँदो डिसेम्बर ९ देखि २१ तारिखसम्म आयोजना गर्ने तय थियो। कोरोनाभाइरसको नयाँ प्रजातिका कारण अहिले भारतले विभिन्न देशबाट भारत प्रवेश गर्न प्रतिबन्ध लगाएको छ।

यता भारतिय महिला टिमले केहि समय अघि ब्राजिलमा फोर नेसन्स कप खेलेको थियो। त्यो कपका सबै खेलमा भारतले हार बेहोरेको थियो भने आयोजक ब्राजिलले उपाधि जितेको थियो।

यता नेपाली महिला टिम भने त्यहि प्रतियोगिताको लागि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अभ्यास गरिरहेको छ।

प्रकाशित: Dec 03, 2021| 11:34 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।