बिहीबार, भदौ ४, २०८३

तनहुँका स्थानीय तहबाटै मतदाता नामावली संकलन

जिल्ला निर्वाचन कार्यालयले झण्डै तीन हप्तासम्म स्थानीय तहबाट मतदाता नामावली संकलनको व्यवस्था मिलाएको हो।
 |  शुक्रबार, मंसिर १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १७, २०७८

तनहुँ- तनहुँमा शक्रबारदेखि स्थानीय तहबाटै मतदाता नामवली संकलन हुँदैछ।  जिल्ला निर्वाचन कार्यालयले झण्डै तीन हप्तासम्म स्थानीय तहबाट मतदाता नामावली संकलनको व्यवस्था मिलाएको हो।

नागरिकको सहजताका लागि स्थानीय तहबाट मतदाता नामावली संकलनको व्यवस्था मिलाएको कार्यालय प्रमुख हरिप्रसाद ढकालले बताए। ‘निर्वाचन कार्यालय र जिल्ला प्रशासनबाट निरन्तर मतदाता नामावली संकलन भइरहेको छ। यहाँसम्म आउन नसक्नेलाई स्थानीय तहबाट सेवा दिँदैछौँ’, उनले भने।

जिल्लाका नौ स्थानीय तहमा दुई चरणमा मतदाता नामावली संकलन गरिने ढकालले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा शुक्रबारदेखि जिल्लाका भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, देवघाट, बन्दीपुर र म्याग्दे गाउँपालिकामा अभियान चल्नेछ। यी पालिकामा २६ मंसिरसम्म मतदाता नामावली संकलन हुनेछ।

दोस्रो चरण अन्तर्गत २९ मंसिरदेखि  ९ पुससम्म शुक्लागण्डकी र भानु नगरपालिका, ऋषिङ र आँबुखैरेनी गाउँपालिकामा मतदाता नामावली संकलन हुनेछ। व्यास नगरपालिकाको केन्द्र सदरमुकाम दमौली बजारमा रहेकाले मतदाता नामावली संकलन गर्न कार्यालयबाट टोली खटिने छैन्। व्यास वासीले जिल्ला निर्वाचन कार्यालय र प्रशासन कार्यालयबाटै सेवा लिनेछन्।

मतदाता नामावली संकलन गर्न प्रत्येक स्थानीय तहमा चार जना कर्मचारी खटाइनेछ। दर्तास्थल व्यवस्थापक, दर्ता कर्मचारी, सहायक दर्ता कर्मचारी र दर्तास्थल सहायक खटाइने कार्यालयले जनाएको छ। मतदाता नामावली संकलन गर्न आउने टोलीलाई सघाउन हरेक स्थानीय तहमा सहयोग, समन्वय तथा प्रचारप्रसार समिति गठन गरिएको छ।

स्थानीय तह पनि मतदान गर्न योग्य सबै नागरिकलाई मतदाता नामावलीमा समेट्ने प्रयासमा छन्। मतदाता नामावली प्रविष्ट गाउँपालिकाबाट हुने प्रचारप्रसारका गर्न कर्मचारी नै खटाएको म्याग्देका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम अधिकारीले बताए। ‘गाउँपालिकाले एक जना कर्मचारी नै खटाएर टोल टोलमा खबर पुर्‍याएका छौँ। मतदाता नामावलीमा छुटेका सबैलाई समेट्ने प्रयास गरेका छौँ’, उनले भने।

बन्दीपुर गाउँपालिकाले वडा अनुसार मतदाता नामावली प्रविष्ट गर्ने तालिका तयार पारेको छ। वडा अनुसार सेवा दिँदा भिडभाड नहुने र सहज सेवा प्रवाह हुने भएकाले तालिका बनाएको सहयोग समन्वय तथा प्रचारप्रसार समितिका सदस्य सचिव विष्णु खत्री क्षेत्रीले बताए। शुक्रबारदेखी अन्यत्र जिल्लामा स्थायी बसोवास भई तनहुँमा रहेकाले पनि यसपालि मतदाता नामावली दर्ता गराउन सकिनेछ।

तनहुँमा २०७४ को स्थानीय तहको निर्वाचनमा एक लाख ९० हजार ४ सय ७१ मतदाता थिए। प्रदेश र प्रतिनिधिसभा निर्वाचनको बेला २० हजार ९ सय ७५ मतदान गर्न योग्य मतदाता थपिएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ। त्यसपछि गत २५ पुससम्म १५ हजार ६ सय मतदाता थपिएर कुल मतदाताको संख्या दुई लाख २७ हजार ४६ पुगेको थियो। गत साउनदेखि दुई हजार आठ सय १७ जनाले मतदाता नामावली फारम भरेको कार्यालयले जनाएको छ। -न्युज कारखाना

प्रकाशित: Dec 03, 2021| 10:20 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।