बिहीबार, चैत १२, २०८२

पहिलो हाफ : रुस र क्रोएसिया १-१ को बराबरीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- रुस र क्रोएसियाबीचको खेल पहिलो हाफमा बराबरीमा सकिएको छ। रुसले खेलको ३१ औं मिनेटमा लिएको अग्रता जोगाउन नसक्दा खेल बराबरीमा आएको हो। 

क्रोएसियाका लागि जर्सी नम्बर ९ का खेलाडी क्रमरिकले रुसविरुद्ध पहिलो गोल गरेर खेल बराबरीमा ल्याएका हुन्। 

यसअघि रुसमा लागि जर्सी नम्बर ६ का खेलाडी चेरीसेभले पहिलो गोल गरेका थिए। 

प्रि–क्‍वार्टरफाइनलमा स्पेनलाई पाखा लगाएको रुस र डेनमार्कलाई हराएको क्रोएसियाबीचको खेल नेपाली समय अनुसार ११:४५ बजे सोचीस्थित ओलम्पिक स्टेडियममा भइरहेको छ।

सन् १९६६ मा तत्कालीन सोभियत संघको रुपमा चौथो बनेको रुस समग्रमा दोस्रो पटक क्वार्टरफाइनल खेल्दैछ। क्वार्टरफाइनल पुग्नका लागि रुसले ठूलै चमत्कार गरेको थियो। समूह चरणमा दुई जित हात पारेको रुसले प्रि–क्वार्टरफाइनलमा दाबेदारमध्येको एक स्पेनलाई पेनाल्टी सुटआउटमा पन्छाउँदै क्वार्टरफाइनलमा पुगेको थियो ।

सन् १९९८ पछिकै सबैभन्दा बलियो टिम मानिएको क्रोएसियाले भने उत्कृष्ट प्रदर्शन गरेको थियो। समूह चरणमा अर्जेन्टिनालाई निरीह बनाउँदै विजेता बनेको क्रोएसियाले सनसनीपूर्ण प्रिक्वार्टरफाइनलमा डेनमार्कलाई पाखा लगाउँदै रुससँगको भेट पक्का गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।